नेपाल टेलिकमको एफटिटिएच इन्टरनेट सेवा इलाम नगरपालिकामा शुरु

Technology Khabar २२ बैशाख २०७८, बुधबार

नेपाल टेलिकमको एफटिटिएच इन्टरनेट सेवा इलाम नगरपालिकामा शुरु

काठमाडौं ।

नेपाल टेलिकमले आजदेखि इलाम नगरपालिकामा फाइबर टू दि होम अर्थात एफटिटिएचमार्फत इन्टरनेट सेवा प्रदान गर्न शुरु गरेको छ ।

कम्पनीले आज एक भर्चुअल कार्यक्रममार्फत इलाम नगरपालिकाभित्र तिब्रगतिको एफटिटिएच सेवा उपलब्ध गराउन शुरु गरेको घोषणा गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीकाअनुसार इलाम नगरपालिकाका सेवाग्राहीहरुले नेपाल टेलिकमको एफटिटिएच सेवा लिन सक्नेछन् ।

कम्पनीकाअनुसार सो नगरपालिकाका १२ वटै वडाका सेवाग्राहीहरुले सेवा प्रयोग गर्नसक्ने गरि एफटिटिएच सेवा शुरु गरिएको हो ।

easy care

प्रकाशित: २२ बैशाख २०७८, बुधबार

ताजा समाचार