एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाको लागि ५ लाखभन्दा धेरै प्रिअर्डर

Technology Khabar २२ बैशाख २०७८, बुधबार

एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाको लागि ५ लाखभन्दा धेरै प्रिअर्डर
Classic Tech

स्पेसएक्सले आफ्नो स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाको लागि ५ लाख भन्दा बढी प्रिअर्डर पाएको जानकारी दिएको छ । कम्पनीको सेवाको लागि माग पूरा गर्न कुनै प्राविधिक समस्या नआउने प्रक्षेपण गरेको संस्थापक एलन मस्कले मंगलबार जानकारी दिएका छन् ।

“शहरी क्षेत्रका प्रयोगकर्ताहरूको उच्च घनत्व मात्र सीमितता हो,” मस्कले सीएनबीसी रिपोर्टको एक पोष्टमा प्रतिक्रिया व्यक्त गर्दै भने । स्पेसएक्सले सेवाका लागि लिएको ९९ अमेरिकी डलर रकम पूर्ण रूपमा फिर्ता हुनेछ र तर डिपोजिट रकमले सेवाको ग्यारेन्टी भने नगर्ने बताएको छ।

“चुनौती भनेको जब हामी थप लाखौं प्रयोगकर्ताहरुको दायरामा पर्दछौं,” मस्कले भने।

स्पेसएक्सले स्टारलिंकको सेवा लन्चिङ्गको लागि मिति तय गरेको छैन, तर व्यावसायिक सेवा यसअघि योजना गरिसकेअनुसार २०२० मा शुरु हुने संभावना छैन् ।

कम्पनीले तीन महिना अघि नियमनकारी निकायमा बुझाएको कागतपत्रअनुसार हाल १० हजार ग्राहकहरु सक्रिय छन तर कतिले आगामी दिनमा सेवा प्राप्त गर्न सक्दछन भन्ने जानकारी छैन् ।

कम्पनीले अन्ततः कुल १२,००० स्याटेलाइटहरु परिचालन गर्ने योजना बनाएको छ र स्टारलिंक कन्स्टलेसनलेले लगभग १० बिलियन डलर खर्च गर्ने बताएको छ। रकेट बनाउने र बाहिरी अन्तरिक्षमा पठाउनु भनेको एक पूँजीलगानी व्यवसाय हो, तर विश्वका दुई धनी व्यक्तिहरु, अमेजनका संस्थापक जेफ बेजोस र मस्क, जो अटोमेकर टेस्ला इंकका प्रमुख पनि हुन्, दुबैले यो बजार बनाउन वर्षौंको अवधिमा अरबौं डलर लगानी गरिरहेका छन् ।

मस्क र बेजोस स्याटेलाइट योजनाहरुको प्रतिस्पर्धामा सार्वजनिक छन्। अमेरिकी संघीय संचार आयोग (एफसीसी) ले गत महिना स्पेसएक्सको योजना भन्दा बाहिर रहेर लो अर्थ अर्बिटमा केही स्टारलिंक स्याटेलाइटहरू तैनाथ गर्ने योजनालाई अनुमोदन गर्यो तर योजनाको सुरक्षा सुनिश्चित गर्नका लागि केही सर्तहरू समावेश गरेको थियो ।

स्पेसएक्सले तिनीहरूका स्याटेलाइटहरूले अमेजनको कुइपर प्रणाली स्याटेलाइट परियोजना अन्तर्गत स्थापना हुने स्याटेलाइटबाट इन्टरफेरेन्स हुने स्वीकार गरेका छन् । स्पेसएक्सले १५० एमबीपीएसदेखि ३०० एमबीपीएसको गतिमा विश्वभर इन्टरनेट दिने योजना लिएको छ । रोयटर्स

TK Viber

प्रकाशित: २२ बैशाख २०७८, बुधबार

Loading...