फाइजी नेटवर्क परीक्षणका लागि भारतमा सरकारी अनुमति, यसै सातादेखि परीक्षण शुरु हुनसक्ने

Technology Khabar २२ बैशाख २०७८, बुधबार

फाइजी नेटवर्क परीक्षणका लागि भारतमा सरकारी अनुमति, यसै सातादेखि परीक्षण शुरु हुनसक्ने
सांकेतिक

काठमाडौं ।

भारतले अब फाइभजी मोबाइल नेटवर्क परीक्षण गर्ने भएको छ । हालै दूरसंचार विभाग र संचार मन्त्रालय, भारत सरकारले फाइभजी परीक्षणलाई अनुमोदन गरेको छ।

यो अनुमति केवल ती व्यक्तिहरूलाई दिइएको छ जसलाई फाइभजी स्पेक्ट्रम प्रदान गरिएको छ। रिपोर्टकाअनुसार भारतीय कम्पनीहरूले यस हप्ताबाट यो परीक्षण सुरू गर्नेछन्।

जसको अर्थ यसमा टेलिकम कम्पनीहरू रिलायन्स जियो, भारती एयरटेल, वीआईले भारतमा आफ्नो फाइभजी नेटवर्क परीक्षण सुरू गर्नेछन्। यद्यपि यो परीक्षण अवधि कति लामो समय सम्म चल्ने छ भनेर स्पष्ट छैन।

भारतमा गरिने फाइभजी नेटवर्कको परीक्षणमा चिनियाँ भेण्डरहरु भने ट्रायलबाट बाहिरै रहनेछन्, यसको अर्थ ह्वावे सहित चिनियाँ टेलिकम उपकरण कम्पनीहरु सो ५जी ट्रायलको हिस्सा हुँदैनन्।

तर कुन कुन कम्पनीहरुले फाइभजी स्पेक्ट्रम पाएका छन भन्ने जानकारी भने अहिलेसम्म छैन् । यसअघि नै भारतमा जियोले आफ्नै स्थानिय उपकरणहरुसहितको नेटवर्क बनाउने घोषणा गरेको थियो भने एयरटेलले स्थानीय तहमा ५जी नेटवर्क परीक्षण गरेको थियो ।

यद्यपि यो जानकारीमा आएको छैन कि भारतमा फाइभजी मोबाइल नेटवर्क ट्रायलका लागि कुन ब्यान्डहरू उपलब्ध गराईनेछ र चाँडै टेलिकम कम्पनीहरू उपभोक्ताहरुका लागि व्यवसायिक रोलआउट गर्ने स्थितिमा हुनेछन्।

तर भारतमा फाइभजी नेटवर्कका लागि १८००मेगाहर्ज, २१०० मेगाहर्ज, २३०० मेगाहर्ज ८०० मेगाहर्ज र ९०० मेगाहर्ट्ज ब्यान्डको कभर हुने अपेक्षा गरिएको छ। जबकि यो कम्पनीहरुको अनुसार फरक हुन सक्छ।

भारतमा ५जीको आगमनले कारखानालाई वास्तविक समय आपूर्तिकर्ता र ग्राहकहरूसँग सम्पर्क राख्ने अवसर दिनेछ र उनीहरूलाई चलाख र कुशल बनाउने अपेक्षा गरिएको छ । फाइभजी सेवामार्फत टेलीमेडिसिन, स्मार्ट शहरहरू, भर्चुअल बैंकिङ्ग, उच्चस्तरको कन्टेन्ट स्ट्रिमिङ्ग सदस्यता, अग्मेटेड रियलिटी (एआर), बिग डाटा एनालिटिक्स र आर्टिफिसियल इन्टेलिजेन्समा उपयोगी हुनेछ। एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: २२ बैशाख २०७८, बुधबार

ताजा समाचार