भारतीय अभिनेत्री कंगना रनौतको ट्विटर खाता सस्पेन्ड

Technology Khabar २१ बैशाख २०७८, मंगलवार

भारतीय अभिनेत्री कंगना रनौतको ट्विटर खाता सस्पेन्ड

काठमाडौं ।

भारतीय अभिनेत्री कंगना रनौतको ट्विटर खाता मंगलबार मे ४ तारिखमा निलम्बित गरिएको छ।

वास्तवमा, कंगना रनौत अक्सर आफ्ना बयानका कारण चर्चामा रहँदै आएकी छिन् । भारतको पश्चिम बंगालको चुनावको नतीजादेखि उनी लगातार ममता बनर्जी र बंगाल हिंसाको बारेमा ट्वीट गर्दै थिइन्। यो मात्र होइन, उनले भिडियो पनि सेयर गरेकी छिन्, जसमा उनले बंगालसँग सम्बन्धित धेरै टिप्पणीहरू गरिन् ।

यो विश्वास गरिन्छ कि कंगनाका यी ट्वीट्हरु र भिडियोहरूको कारण, उनको ट्विटर खाता निलम्बित गरिएको छ।

कंगना रनौतले विगत केही दिन आफ्नो ट्विटर अकाउन्ट मार्फत ममता बनर्जी र बंगाल हिंसाको ट्वीट गरिरहेकी थिइन्, जसमा उनले धेरै अबशब्द व्यक्त गरेकी थिइन।

कंगना रनौटाले आफ्नो अन्तिम ट्वीटमा लेखिन् “This is horrible… we need super gundai to kill gundai… she is like an unleashed monster, to tame her Modi ji please show your Virat roop from early 2000’s …. #PresidentRuleInBengal” 

यति मात्र होइन, उनले ट्विटरमा एक भिडियो पोष्ट पनि गरेकी थिईन्, जसमा उनले ट्विटरको साम्प्रदायिक भावना भट्काउने जस्ता नियमहरूको उल्लंघन गरिन् । यी पोष्ट र भिडियोहरूपछि, ट्विटर प्रयोगकर्ताहरूले कंगनाका साथै ट्वीटरलाई पनि विवादमा ताने र कंगनाको खाता बन्द गर्न माग गरे। एजेन्सी

Global Bank
easy care

प्रकाशित: २१ बैशाख २०७८, मंगलवार

ताजा समाचार