आईसीटी इन्फ्रास्ट्रक्चर डिजिटल नेपालको लागि अपरिहार्यः ह्वावे नेपालका सीईओ

Technology Khabar २१ बैशाख २०७८, मंगलवार

आईसीटी इन्फ्रास्ट्रक्चर डिजिटल नेपालको लागि अपरिहार्यः ह्वावे नेपालका सीईओ
Classic Tech

आईसीटी वीक २०२१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ह्वावे, यूएनसीडीएफ, क्यान फेडरेशन, एफएनसीसीआई काठमाडौं विश्वविद्यालय र मन्त्रालयका प्यानलिस्टहरूसँग वेबिनारको आयोजना गरेको थियो जसले आईसीटी सँग सम्बन्धित क्षेत्रहरुमा वँहाहरूको प्रयासको बारेमा छलफल गरेको छ ।

ह्वावे नेपालका सीईओ विलियम झांगले डिजिटल नेपालको लागि कम्पनीको योगदान र योजनाको बारेमा प्रकाश पार्दै छोटो प्रस्तुति दिए । यूएनसीडीएफ का क्रिस्टोफर वोल्फले नेपालमा समावेशी डिजिटल अर्थव्यवस्था स्कोरको बारेमा कुरा गरे । क्यान महासंघका महासचिव नारायण थापाले नेपालमा आईसीटी विकासको भिजनमा प्रस्तुती दिए । एफएनसीसीआईका मंगेश लाल श्रेष्ठले आईसीटी विकास र डिजिटल अर्थतन्त्रका लागि कसरी अगाडि बढ्ने भन्नेमा छलफल गरे । केयूका मनीष पोखरेलले महामारीको क्रममा र त्यस पश्चात शिक्षामा आईसीटीको भूमिका बारे प्रकाश पारेका थिए । सूचना प्रविधि विभाग, मन्त्रालयका प्रमुख सहसचिव अनिल कुमार दत्तले डिजिटल नेपाल फ्रेमवर्कको बारेमा छलफल गरे, जुन हालको १५ औँ आवधिक योजनामा गेम-चेन्जर परियोजनामा समावेश हुँदैछ ।

मन्त्रालयका सचिव हरि बश्यालले नेपालमा आईसीटी क्षेत्रको भूमिका सम्बन्धी छलफलमा सहभागी भएकोमा सबैलाई धन्यवाद दिए । उनले ह्वावेलाई पनि धन्यवाद दिँदै भने, ‘म ह्वावे नेपालप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु जसले नेपालमा विक्रेताको भूमिकामा आईसीटी विकासलाई समर्थन र प्रबर्धन गरिरहेको छ । ‘

वेबिनारमा विलियमले डिजिटल नेपालको लागि आईसीटी पूर्वाधारको अपिहार्यताको बारेमा छलफल गरे । सस्तो मूल्यमा गुणस्तरीय दूरसञ्चार सेवाको गति बढाउने सरकारको योजना अनुरुप ह्वावे नेपाल सबै टेलिकम अपरेटरहरू, आईएसपीहरू, सरकार र नेपालमा सबै आईसीटी सरोकारवालाहरुसँग उच्च गुणस्तर, फराकिलो कभरेज र किफायती ब्रोडब्यान्ड कनेक्टिभिटी र उन्नत डाटा सेन्टर सहितको डिजिटल फाउंडेशनमा योगदान पुर्याउन प्रतिबद्ध रहेको जानकारी दिएको छ । ह्वावेले नेपालमा आईसीटी उद्योगका लागि स्वस्थ र दिगो वातावरण निर्माण गर्न चार सुझावहरू पेश गरेको छ:

>> स्पेक्ट्रम प्रयोगमा सुधार गर्ने
>> बढी भन्दा बढी ब्रोडब्यान्ड प्रदायकलाई अन्तर्राष्ट्रिय ब्यान्डविथको लागत घटाउने तिर लैजाने
>> दुर्गम क्षेत्रहरूमा टावरहरू निर्माण गर्न अपरेटर र सरकारी कोषहरू बीच टावर सह–प्रयोग गर्ने
>> ब्रोडब्याण्ड ईन्टरनेट एमबीबी र एफबीबीको प्रयोगकर्ता अनुभव सुधार गर्ने

‘नेपालमा फाइभजी परीक्षण सुरु गर्ने नीति अबलमबन गर्ने नेपाल सरकारको दूरदर्शी निर्णय होे,’ विलियमले फाइभजी क्लबमा सामेल भएकोमा नेपाल सरकारलाई बधाई दिए, ‘ह्वावे, एक अग्रणी फाइभजी टेक्नोलोजी विक्रेता, डिजिटल रूपान्तरणलाई प्रवर्धन गर्न र नेपालमा महामारी पश्चातको सामाजिक र आर्थिक सुधारलाई सहयोग पुर्याउन उद्योग साझेदारहरू सँग सहकार्य गर्न तयार छ ।’

कोभिड–१९ महामारीले डिजिटल कनेक्टिभिटि र रूपान्तरणको आवश्यकतालाई गति प्रदान गरेको छ । विलियमका अनुसार ह्वावे नेपालले कोभिड–१९ महामारीको समयमा निरन्तर काम गरिरहेको छ र नेपालको आईसीटी क्षेत्रमा योगदान पुर्याइरहेको छ ।

आईसीटी पूर्वाधार र समाधान प्रदायकले नेपालमा प्रमुख टेलिकम अपरेटरहरूको नेटर्वक सहज रूपमा सन्चालन र लकडाउनको दौरान ब्रोडब्यान्ड ईन्टरनेटको पहुँच सम्भव गर्न सहयोग पुर्याएको छ । यसले महामारीको क्रममा नेपालमा विभिन्न उद्यमहरूको डिजिटल रूपान्तरणलाई ह्वावे क्लाउड, डाटा सेन्टर र अन्य इन्टरप्राइज सोलुसन प्रयोग गरी उनीहरूको डिजिटलीकरण स्तर सुधार गर्न सहयोग गरेको छ । यसका साथै ह्वावेले अपरेटहरुका साथ व्यापक कभरेज, उत्तम गुणस्तर भएको ईन्टरनेट कनेक्टिविटीको निर्माण गर्न फोरजी विस्तार गरिरहेको जनाएको छ।

राष्ट्रिय आईसीटी डे २०२१, मे २ मा मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रबिधी दिवसको लगातार चौथो बर्ष हो । सम्पूर्ण हप्तालाई राष्ट्रिय आईसीटी वीक मानिन्छ र मे ३, २०२१ मा समग्र डिजिटल नेपाललाई सफल बनाउनको लागि संगै अघि बढ्दै कसरी डिजिटल प्रबिधीको प्रयोगले अर्थतन्त्र र समाजको विकास गर्ने सकिन्छ भनेर छलफल गर्न एक वेबिनारको आयोजना गरिएको थियो ।

TK Viber

प्रकाशित: २१ बैशाख २०७८, मंगलवार

Loading...