चलाउँदै गरेको शाओमीको रेडमी नोट९ प्रो स्मार्टफोनमा आगलागी

Technology Khabar २१ बैशाख २०७८, मंगलवार

चलाउँदै गरेको शाओमीको रेडमी नोट९ प्रो स्मार्टफोनमा आगलागी

काठमाडौं ।

शाओमीको रेडमी नोट९ प्रो चलाउने क्रममा भारतमा आगलागी भएको छ।

गत वर्ष सार्वजनिक भएको रेडमी नोट९ सिरिजको एउटा सदस्य नोट९ प्रो लाई यूजरहरुले बजारमा आएदेखि नै सकारात्कम प्रतिक्रिया दिँदै आएका थिए। तर हालै भारतमा एक व्यक्तिले चलाउँदै गरेको बेला नोट९ प्रोमा आगलागी भएको खबर आएको हो।

इन्डिया टुडेमा आएको एक रिपोर्ट अनुसार उक्त घटनाका बारेमा पीडितकी बहिनीले @PriyankaPavra नामक ह्याण्डलबाट ट्विटरमा शेयर गरेकी थिइन्। अहिले डिलिट गरिसकिएको ट्वीटमा उनले आफ्ना दाजुको रेडमी नोट९ प्रो फोनमा गएको अप्रिल २८ मा आगलागी भएको ब्यहोरा राखेकी थिइन्।

गत वर्ष सेप्टेम्बारमा सार्वजनिक भएको उक्त फोन डिसेम्बरमा किनिएको र ट्विटरमा शेयर गरिएको आधा जलेको फोटोमा यो रेडमी ९प्रो नै रहेको देखिन्छ। आगलागी भएपछि उनका दाजुले बलिरहेको मोबाइलको आगो निभाउन पानी खन्याएको बताइएको छ। उक्त घटनामा कसैलाई पनि चोट लागेको भने थिएन।

easy care

प्रकाशित: २१ बैशाख २०७८, मंगलवार