डेलिभरी गर्न अवरोध भएपछि फुडमाण्डूको अनलाइन फूड डेलिभरी सेवा रोकियो

Technology Khabar २१ बैशाख २०७८, मंगलवार

डेलिभरी गर्न अवरोध भएपछि फुडमाण्डूको अनलाइन फूड डेलिभरी सेवा रोकियो
फुडमाण्डुको केन्द्रिय कार्यालयमा रहेको कम्पनीको लोगो।
Classic Tech

अनलाइन फुड डेलिभरी सेवा दिईरहेको फुडमाण्डूले आफ्नो अनलाइन फूड डेलिभरी सेवा अस्थाईरुपमा रोकेको छ । कम्पनीले आज सोशल मिडियामार्फत आफ्नो सबै सेवाहरु रोकिएको जानकारी दिएको हो ।

कम्पनीले कोभिड १९ महामारीले गर्दा हाल जारी भएको निषेधाज्ञापछि अत्यावश्यक ग्रोसरी सामानहरु मात्र आपूर्ति गर्दै आएको थियो । तर अहिले सो सेवा पनि बन्द भएको बताएको छ ।

‘हामी अनलाइन डेलिभरी सेवाको बारेमा स्पष्ट निर्देशन र गाईडलाइन अधिकारीहरुबाट कुरीरहेका छौं,’ कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ‘हामी सो निर्देशनहरु आएसँगै र हाम्रा सवारी साधनहरु स्पष्टरुपमा संचालन गर्न पाएमा आफ्नो डेलिभरी सेवा पुन शुरु गर्नेछौं ।’

कम्पनीका ब्राण्ड, सेल्स एण्ड माकेर्टिंग म्यानेजर श्याम मालीले डेलिभरी सेवामा हिजोदेखि अवरोध आएको जानकारी दिए ।

‘हामीलाई हिजोदेखि अवरोध गरिएको र राइडरहरुलाई पनि होल्ड गरिएको हुँदा सो समस्या समाधान नभएसम्म सबै सेवाहरु रोकेका हौं,’ उनले भने, ‘यस बारेमा छलफल भईरहेपनि कहिलेदेखि सुचारु हुने हो थाहा छैन् ।’

यसअघिदेखि नै डेलिभरी सेवालाई अवरोध गरिएको भन्दै इकमर्श व्यापार संघले अपिल जारी गरिसकेको छ । जसमा डेलिभरी सेवा अहिलेको समयमा सुरक्षित र अत्यावश्यक भएको भन्दै सहज गरिदिन आग्रह गरिएको छ ।

यो पनि हेर्नुस्-

होम डेलिभरी सहज बनाइदिन ई-व्यापार संघ नेपालको अनुरोध

TK Viber

प्रकाशित: २१ बैशाख २०७८, मंगलवार

Loading...