एन्ड्रोइडमा १ अर्ब डाउनलोड हुँदै स्पोटीफाई बन्यो सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रिमिङ एप

Technology Khabar २० बैशाख २०७८, सोमबार

एन्ड्रोइडमा १ अर्ब डाउनलोड हुँदै स्पोटीफाई बन्यो सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रिमिङ एप
Classic Tech

स्पोटीफाइ एन्ड्रोइड प्लेटफर्ममा १ अर्ब पटक डाउनलोड भएको छ।

एन्ड्रोइड पुलिसले बाहिर ल्याएको एक प्रतिवेदन अनुसार १ अर्ब डाउनलोड हुँदै यो गुगल प्ले स्टोरमा सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रिमिङ एप पनि बनेको छ।

स्पोटीफाइ एन्ड्रोइड प्लेटफर्ममा जोडिएको दुई वर्षमै ५० लाख डाउनलोडको कोशेढुंगो पार गर्न सफल भएको थियो।

नि:शुल्क र सब्स्क्रिप्शन भर्सन भएको यो एपले आफ्नै पडकास्टिङ प्लेटफर्म निर्माण गरेर त्यसमार्फत् अडियोबुक निकालेर सोझै अडिबल/अमेजनसँग प्रतिस्पर्धामा उत्रिएको छ। हालै यसले कार इन्फर्मेशन सिस्टमका लागि आफ्नो हार्डवयर पनि सार्वजनिक गरिसकेको छ।

रोयटर्समा आएको एक रिपोर्टका अनुसार स्पोटीफाइले अमेरिका तथा भारतजस्ता देशमा कीर्तिमानी छलाङ मारेको छ। यस वर्ष यी देशहरुमा गत वर्षभन्दा २१ प्रतिशत बढीले सब्सक्राइबर बढ्दै १ करोड ५८ लाख पुगेको जनाइएको छ।

कम्पनीले अघिल्लो महिना आफ्नो स्ट्रिमिङ प्लेटफर्ममा एङकर एपबाट पडकास्ट बनाउनेका लागि सशुल्क पडकास्ट शुरुवात गरेको थियो। यो सेवा आगामी दुई वर्षसम्म नि:शुलक उपलब्ध हुने र २०२३ देखि थोरै मात्रामा शुल्क लिन थाल्ने बताइएको छ।

TK Viber

प्रकाशित: २० बैशाख २०७८, सोमबार

Loading...