गुगल पेले भारतमा छिट्टै एनएफसीमा आधारित कन्ट्याक्टलेस यूपीआई भुक्तानी सेवा ल्याउने

Technology Khabar २० बैशाख २०७८, सोमबार

गुगल पेले भारतमा छिट्टै एनएफसीमा आधारित कन्ट्याक्टलेस यूपीआई भुक्तानी सेवा ल्याउने

काठमाडौं ।

गत २०१७ को सेप्टेम्बरमा गुगलले भारतमा यूपीआईमा आधारित भुक्तानी सेवा गुगल प्ले शुरुवात गरेको थियो। यसलाई स्थानीय हिसाबले तेज भन्ने नाम दिइएको थियो।

यसले शुरुवातदेखि नै उक्त सेवामा नयाँ नयाँ फिचरहरु थप्दै आइरहेको छ। अब यूजरहरुले यस सेवामार्फत् आफ्ना प्रिपेड र पोस्टपेड फोन रिचार्ज गर्न तथा इन्टरनेट तथा बिजुलीको बिलसमेत तिर्न सक्ने भएका छन्।

यसबाट गुगलले आफ्नो यूपीआई भुक्तानी सेवामा केही महत्वपूर्ण फिचरहरु थप्न लागेको आभास हुन्छ। अब यसले एनएफसीको प्रयोगबाट कन्ट्याक्टलेस भुक्तानी सेवा पनि शुरु गर्ने भएको छ।

गुगल पेको भारतीय सपोर्ट पेजमा एन्ड्रोइड पुलिस डटकमले भेटेको सूचना अनुसार कन्ट्याक्टलेस भुक्तानी सपोर्ट शुरु भएपछि यूजरहरुले विभिन्न प्वाइन्ट अफ सर्भिसमा गएर आफ्ना मोबाइल फोन ट्याप गरेर विभिन्न भुक्तानीका सेवा लिन सक्नेछन्।

यो फिचरले अन्य एनएफसीमा आधारित सेवाहरुले झैं काम गर्दछ। पीओएस मेशिनमा मोबाइललाई ट्याप गरेर सुरक्षित पिनकोडका सहायताले कारोबार गर्न सकिन्छ।

कन्ट्याक्टलेस पेमेन्ट सिस्टम यूपीआईमा आधारित हुने भएकाले कुनै पनि डेबिट वा क्रेडिट कार्डको जरुरत पर्दैन। थुप्रै स्मार्टफोन प्रयोगकर्ता जोडिनसक्ने भएकाले गुगल पे इकोसिस्टमलाई यस फिचरले राम्रै गर्ने देखिएको छ।

यसबाहेक यूपीआई भारतमा सबैभन्दा बढी प्रयोग गरिने डिजिटल भुक्तानी प्रणाली हो। यसमार्फत् यूजरहरुले भीपीए ठेगान प्रयोग गरेर अरुलाई भुक्तानी गर्न सक्दछा।

Sajilo Visa

प्रकाशित: २० बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया