अमेजनको प्लेटफर्ममा भएका सबै सामानको जिम्मेवारी अमेजनले नै लिनुपर्ने

Technology Khabar २० बैशाख २०७८, सोमबार

अमेजनको प्लेटफर्ममा भएका सबै सामानको जिम्मेवारी अमेजनले नै लिनुपर्ने
Global IME Bank

काठमाडौं ।

क्यालिफोर्नियाको एउटा पुनरावेदन अदालतले अमेजन प्लेटफर्ममा रहेका खराब सामानहरुको जिम्मेदारी अमेजनले नै लिनुपर्ने बताएको छ।

यी सामानहरु कम्पनीको आफ्नै वा कुनै तेस्रो पक्षबाट आएका भए पनि यिनीहरुको जिम्मेवारी अमेजनकै हुने उसको भनाइ थियो।

क्यालिफोर्नियाको अदालतले अमेजन संलग्न रहेको तेस्रो पक्षका खराब सामानका बारेमा ठूलो फैसला गरेको यो दोस्रो पटक हो।

अमेजनले आफू किन्ने र बेच्नेहरुका बीचमा मध्यस्थकर्तामात्रै भएकोले सामानको जिम्मेवारी लिनु नपर्ने भन्दै दिएको उजुरीमा अदालतले यस्तो फैसला सुनाएको हो।

अमेजनले सधैं आफूले बजार मात्र उपलब्ध गराएको र बजारमा रहेका सबै बिक्रेता अमेजन अन्तर्गतका नभइ स्वतन्त्र रहेको बताउँदै आएको छ।

सन् २०१५ मा अमेजनमा तेस्रो पक्षले बेचेको होभरबोर्डमा आगलागी भएर किन्ने मान्छ पनि जलिन्। यसमा अमेजनले आफूले क्रेता र विक्रेताबीच प्लेटफर्म मात्र बनाइदिएको भने पनि अदालतले यस्ता बजारसँग सम्बन्धित घटनामा प्लेटफर्म र सम्बन्धित सामानबीच सम्बन्ध रहने र उसैले जिम्मेवारी लिनुपर्ने फैसला सुनाएको थियो।

उक्त होभरबोर्ड मुद्दामा उजुरीकर्ताका पक्षबाट बोल्दै क्रिस्टोफर डोलनले अदालतको निर्णय उपभोक्ताका लागि ठूलो उपलब्धी भएको बताएका थिए। उनले भने, ‘अमेजनको आफू कुनै पनि सामानको उत्पादन, बजारीकरण र वितरणमा संलग्न नभएको र आफू सामानहरुको विज्ञापक मात्र रहेको तर्क खराब सामानका कारण उपभोक्ताप्रतिको उत्तरदायित्वबाट भाग्ने बहाना मात्रै हो।’

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २० बैशाख २०७८, सोमबार

ताजा समाचार