गुगल यूडब्लुबी कनेक्टिभिटीमा काम गर्दै, पिक्सेल ६ परिवारका लागि प्रयोग हुने

Technology Khabar २० बैशाख २०७८, सोमबार

गुगल यूडब्लुबी कनेक्टिभिटीमा काम गर्दै, पिक्सेल ६ परिवारका लागि प्रयोग हुने

काठमाडौं ।

गुगलले उनीहरूको एन्ड्रोइड हार्डवेयरमा अल्ट्रा-वाइडब्यान्ड (यूडब्लुबी) कनेक्टिभिटी राख्न प्रयोग गरिरहेको देखिएको छ र यो फोनको पिक्सेल ६ परिवारका लागि प्रयोग हुनेछ।

पछिल्लो बर्ष वा सो भन्दा बढि, यूडब्लुबी एकै प्रकारको स्मार्टफोन्स र स्मार्ट घरेलु उपकरणहरूको लागि सबैभन्दा नयाँ हट फिचर भएको छ।

एप्पल इकोसिस्टममा, आईफोन १२ श्रृंखलाले तपाईको फोनलाई नजिकै ल्याएर वा ठ्याक्कै एयरट्याग पत्ता लगाएर होमपड मिनी कनेक्ट जस्ता चीजहरू गर्न यूडब्लुबी प्रयोग गर्दछ।

सामसङले उनीहरूको स्मार्ट ट्यागका लागि यूडब्लुबी प्रयोग गर्दै छ साथसाथै तपाईंको फोनलाई समर्थित गाडीहरूको लागि कार चाबीको रूपमा काम गर्न अनुमति दिइरहेको छ।

९टू ५ गुगलको रिपोर्टअनुसार एक्सडीएका मीशाल रहमानले हालै ट्विटरमा सेयर गरेअनुसार गुगलले यूडब्लुबी सपोर्ट आउँदै गरेको “रेवेन” कोडनाम भएको फोनमा परीक्षण गरिरहेको छ सो डिभाइस पिक्सेल ६ परिवारको हिस्सा हुनेअनुमान गरिएको छ। “रेभेन” र अर्को उपकरण “ओरियोल” गुगल फोनद्वारा बनाइएको र आगामी वर्षा सिजनमा लन्च हुने अनुमान गरिएको छ, यी दुबै गुगलको आफ्नै व्हाइटचेपल जीएस १०१ चिपमा आधारित हुनेछन्।

रिपोर्टले गुगल कोर्भोद्वारा विकसित यूडब्लुबी हार्डवेयरमा काम गरिरहेको बताएको छ। कुनैपनि पिक्सेल परिवारले कसरी यूडब्लुबी कनेक्टिभिटी प्रयोग गर्दछ भन्ने सम्बन्धमा कुनै पनि जानकारी प्रकाशमा आएको छैन किनभने हालको नेस्ट हार्डवेयरले त्यो प्रविधि प्रदान गर्दैन।

अहिले ओपन स्रोर्स यूडब्ल्यूबी कोडहरू एन्ड्रोइड १२ को लागि मात्र देखिएको छ। मुख्यतया यो कोडले दुई यूडब्लुबी उपकरणहरू एक अर्काबाट कति टाढा छन र कुन एंगलमा दुईलाई सँगै ल्याइएको हो भन्ने कुरा निर्धारण गर्दछ। अहिलेको लागि, यी यूडब्लुबी सुविधाहरू प्रणाली एपहरूमा मात्र उपलब्ध हुनेछ।

easy care

प्रकाशित: २० बैशाख २०७८, सोमबार

ताजा समाचार