ठेगानाको सम्पूर्ण समाधान कहाँ एपमा, अब सबै कहाँको उत्तर ‘कहाँ एप’ ले दिने

Technology Khabar २० बैशाख २०७८, सोमबार

ठेगानाको सम्पूर्ण समाधान कहाँ एपमा, अब सबै कहाँको उत्तर ‘कहाँ एप’ ले दिने

काठमाडौं ।

तपाइँ कुनै कुराको ठेगाना थाहा पाउन कहाँ भनेर प्रश्न गर्नु हुनेछ । हामी पुग्नु स्थान बारे कुनै जानकारी छैन भने, वा कुनै ठाउँको बारेमा जानुकारी लिनुछ भने हामी कहाँ भनेर सोध्छौं । कुनै ठाउँ, रेस्टुरेन्ट, घर, कार्यालय पुग्न तपाइँलाइ सम्बन्धित ब्यक्तिसँग सोध्नु पर्छ ।

अब तपाईँलाई ‘कहाँ एप’ले तपाइँले खोज्नु भएको ठाउँबारे जानकारी दिने । कहाँ स्थानीयकण गरिएको एप हो । यसलाई प्रयोग गर्न निकै सजिलो छ । यसलाइ नेपाली भाषामा समेत उपलब्ध यस एपलाई आइतबार सार्बजनिक गरिएको छ ।

मेसोभिजन टेक्नोलोजीले विकास गरेको कहाँ एपले केहि क्लिकमै सोधिएका धेरै प्रश्नको उत्तर दिने छ । प्रविधिको चरम विकास भएको अबस्थामा पनि नेपालमा ठेगानालाइ डिजिटलाइज्ड गर्न सकिएको छैन । विदेशमा हेर्दा ठाउँको चिनारी दिन सडक, गल्ली, घरलाइ कोड नम्बर दिएर नक्सामा समावेश गरिएको पाइन्छ।

कसेलाइ घरमा बोलाउनु पर्यो भने पहिले त्यस ब्यक्तिको लोकेसन सोधेर सवारी साधनमा फलानोे ठाउँमा झर्ने त्यहाँबाट दायाँ लाग्ने, यस्तो रंगको घर देखिन्छ, त्यसलाइ छाडेर अर्को गल्ली लाग्ने भन्दै धेरै ठाउँको अबस्था बर्णन गरेर बोलाउनु पर्ने अहिलेको अबस्था छ । अनलाइनबाट सामान किन्दा डेलिभरी गर्ने ब्यक्तिलाइ त्यसै गरी आफ्नो लोकेसन देखाउनु पर्ने अबस्था छ । यस्तो समस्यालाइ समाधान गर्न कहाँ एप सार्बजनिक गरिएको यस एपको विकासकर्ता नारायणबहादुर क्षेत्रीले बताए ।

उनकाअनुसार कहाँ एपमा ब्यक्तिगत ठेगाना र आफ्नो ब्यवसायलाई सूचिकृत गराउन सकिन्छ । आफ्नो ब्यवसाय सूचिकृत गरेपछि यसमा ब्यवसायको ठेगाना, तस्बिर, उत्पादनहरूलाइ ब्यक्ति स्वयंले एपमा राख्न सक्छ । त्यसलाई अरू कहाँ प्रयोगकर्ताहरूलाई बाँड्न सकिन्छ ।

यस एपलाइ प्रयोगकर्ता मैत्री बनाइएको छ । यसमा सन्देश आदानप्रदानको सुविधासमेत छ । आफ्नो समुदायमा भएका असामान्य घटनाहरू जस्तै दुर्घटनाको स्थान, चोरी, आगलागीलगायतका, खतरनाक गतिविधिहरू रिपोर्ट गर्न यस एपलाइ प्रयोग गर्न सकिन्छ। ब्यक्तिगत प्रयोगकर्ताहरूलाई ठेगानाका लागि स्थायी ट्यागहरू दिइनेछ । ती निजी हुने कम्पनीको दाबी छ।

कहाँ एपबाट आफ्नो ठेगाना नजिकै पाइने बस्तु तथा सेवाको जानकारी समेत पाउन सकिन्छ । कहाँ एपले प्रदान गर्ने ट्यागहरूमार्फत नजिकका, पसल, ग्यासँ डिपो, बालुवा डिपो, ब्युटीपार्लर, बार्वर सपलगायतका स्थानहरू खोज्न सकिन्छ । यसमा होटेल र रिसोर्ट्स र गेस्टहाउस, विद्यालयहरू र कलेजहरू र शैक्षिक सेवाजस्ता स्थायी ट्यागहरू त्यसमा हुने जनाईएको छ।

Global Bank
easy care

प्रकाशित: २० बैशाख २०७८, सोमबार

ताजा समाचार