सेवाग्राहीहरुको लागि उपयोगी छैन् नागरिक एपको वेब भर्सन

Technology Khabar २० बैशाख २०७८, सोमबार

सेवाग्राहीहरुको लागि उपयोगी छैन् नागरिक एपको वेब भर्सन

काठमाडौं ।

सरकारले राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसर पारेर पूर्ण रुपमा सार्वजनिक गरेको नागरिक एपको वेब भर्सन सेवाग्राहीहरुको लागि प्रयोगका लागि उपलब्ध नहुने भएको छ।

स्मार्टफोनहरुमा डाउनलोड गरेर प्रयोग गर्न सकिने नागरिक एपको वेब भर्सनले जानकारीहरु मात्र दिने उद्देश्य लिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले उल्लेख गरेको छ।

नागरिक एपको वेब भर्सन नागरिकएप डट जीओभी डट एनपी रहेको छ ।

नागरिक एपको वेब भर्सनमा एपमा भएका जस्ता फिचर र सुबिधा नभएको र यसले केवल एपसँग सम्बन्धित जानकारीहरु मात्र उपलब्ध गराउने केन्द्रका सहायक निर्देशक तथा सूचना अधिकारी रमेश प्रसाद पोख्रेलले जानकारी दिए ।

‘एपमा सेवाग्राहीहरुले आफ्ना सबै कागतपत्रहरु र डाटा प्रमाणित गर्न लागि हाल्न सक्दछन् भने वेब भर्सनमा त्यस बारेको जानकारीहरु तथ्याङ्कको रुपमा मात्र हेर्न सकिन्छ । एपको सेवा वेबमार्फत दिने उद्देश्य होईन्,’ सूचना अधिकारी पोख्रेलले भने ।

उनकाअनुसार नागरिक एपसँग सम्बन्धित तथ्यांकहरु भने वेब भर्सनमा हेर्न सकिने छ । सो वेबसाइटलाई आगामी दिनमा सुधार र परिस्कृत गर्दै लाने योजना रहेको उनले बताए ।

यसको लागि वेब भर्सनलाई एपसँग एकीकृत गरिएको छ भने त्यसका डाटाहरुको विश्लेषण नागरिक एपको वेबसाइटबाट गर्न सकिनेछ ।

सो वेबसाइटकाअनुसार हालसम्म करिब ५ लाख ८० हजार नागरिकले एपमा दर्ता गरेका छन भने त्यसमध्ये ६२ प्रतिशतको दर्ता प्रमाणित भएको छ।

त्यसैगरि एपमा नागरिकता प्रमाणित गर्नेको संख्या सबैभन्दा धेरै छ भने दोस्रो नम्बरमा प्यान कार्ड लिनेहरु छन् । सबैभन्दा कम सेवामध्ये सामाजिक सुरक्षा कोषको सेवा र स्वास्थ्य सुरक्षा कोषको सेवा लिनेहरु रहेको नागरिक एपको वेब भर्सनमा उल्लेख छ ।

यो पनि हेर्नुहोस्-

नागरिक एपको पूर्ण भर्सन सार्वजनिक, यस्ता छन् एपमा पाईने सुबिधाहरु

Sajilo Visa

प्रकाशित: २० बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया