एप्पल र एपिक गेम्सबीचको सुनुवाइ सोमबारदेखि, ३ हप्तामा फैसला आउने

Technology Khabar २० बैशाख २०७८, सोमबार

एप्पल र एपिक गेम्सबीचको सुनुवाइ सोमबारदेखि, ३ हप्तामा  फैसला आउने
Classic Tech

करिब १ वर्षको अन्तरालमा एप्पल र एपिक गेम्स अन्तत: अदालत जाने भएका छन्। अदालतमा एप स्टोर र यसको इन-एप पर्चेज पोलिसीले एन्टिट्रस्ट कानुन उल्लंघन गरेको छ कि छैद्द भन्ने कुराको निर्क्योल निकालिने छ।

गएको २०२० अगस्टमा एपिक गेम्सले एप स्टोरबाहिरको कुनै खरिद प्रक्रियाबाट आइटम किनेमा फोर्टनाइट खेलाडीहरुलाई केही छुट दिने निर्णय गर्यो। यो एप्पलको नीतिविरुद्ध थियो।

त्यसपछि एप्पलले आफ्नो एप स्टोरबाट उक्त गेमलाई हटायो। त्यसै दिन एपिक गेम्सले एप्पलविरुद्ध मुद्दा हाल्ने तयारी गर्यो।

एपिकको भनाइ थियो, ‘एप्पलले मोबाइल कम्प्युटिङ डिभाइसहरुमा सफ्टवयर एप्लिकेशन वितरणसम्बन्धी बजारमा एकपक्षीय र प्रतिस्पर्धारहित नीति लिएको छ। यसमा हुने डिजिटल कन्टेन्टको भुक्तानी पनि आईओएस मोबाइल एपमार्फत मात्र हुनुपर्ने बनाइएको छ। एप्पलले बजार कब्जा गर्न सफटवयर निर्माताहरुलाई पनि आफ्नो मार्फत नगएमा १ अर्बभन्दा माथि यूजर हुन नसक्ने खालको अवैध र गैरकानुनी नीति लादेको छ। त्यसमाथि एप्पलले प्रत्येक एपको बिक्रीवापत् ३० प्रतिशत कर लगाउने गरेको छ।’

त्यसको जवाफमा एप्पलले भनेको थियो, ‘एपिकले एप स्टोरमा आफ्नो एप दशकाैंदेखि राखेर त्यसबाट लाभ लिँदै आएको छ। एपिकले एप्पलको नियम स्वतन्त्र रुपमा पालना गरेको छ र उसले एप स्टोरबाट यति सफल व्यवसाय गर्न सकेकोमा हामी खुशी छाैं। तर हाल उनीहरुले एप्पलको नियम विपरीतका काम गर्न खोज्नुले यूजरहरुलाई पनि सुरक्षित रहन सहयोग गर्दैन। हामी एपिकले भंग गरेको नियममा फेरि फर्कन उसलाई भरमग्दुर सहयोग गर्नेछाैं जसबाट उनीहरुले फोर्टनाइटलाई फेरि एप स्टोरमा राख्न सकुन्।’

त्यसपछि दुवैले अदालती प्रक्रियाका लागि तयारी गरेर र सोमबारबाट शुरु हुने उक्त सुनुवाइमार्फत् निर्क्योल निकाल्न ३ हप्ताको समय लाग्ने बताइएको छ।

TK Viber

प्रकाशित: २० बैशाख २०७८, सोमबार

Loading...