नेशनल आईसीटी अवार्ड २०२१-प्राइभेट सेक्टरतर्फको पुरस्कार ह्वावे टेक्नोलोजीज नेपाललाई

Technology Khabar १९ बैशाख २०७८, आईतवार

नेशनल आईसीटी अवार्ड २०२१-प्राइभेट सेक्टरतर्फको पुरस्कार ह्वावे टेक्नोलोजीज नेपाललाई
Classic Tech

यस वर्षको नेशनल आईसीटी अवार्ड २०२१ को प्राइभेट सेक्टरतर्फको पुरस्कार ह्वावे टेक्नोलोजीज नेपालले प्राप्त गरेको छ।

सिहदरवारमा स्वास्थ्य मापदण्ड पालना गरी सीमित व्यक्तिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम नेपाल टेलिभिजन तथा फेसबुक पेजमा लाइभ गरिएको थियो।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेशनल आईसीटी अवार्ड २०२१-प्राइभेट सेक्टर ह्वावे नेपालका सीईओ विलियम झाङलाई प्रदान गरेका थिए।

ह्वावेले विगत २१ वर्षदेखि नेपालको सूचना तथा सञ्चार क्षेत्रमा योगदान पुर्याउँदै आएको छ। यहाँका दूरसञ्चार सेवा प्रदायकहरुसँको साझेदारीमा ह्वावेले २जी, ३जी र ४जी प्रविधिमार्फत् नेपालको हिमालदेखि तराइसम्म जोड्न सफल भएको छ।

यसबाहेक ह्वावेको आईसीटी प्रविधि इकोसिस्टमले सरकारी वित्तीय संस्था इन्टरनेट सेवा प्रदायक एयरलाइन्स तथा सञ्चार क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ। कम्पनीले नेपालमा सधैं संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ।

ह्वावेले २१ वर्षमा प्रत्यक्ष र परोक्ष गरी करिब १० हजार आईसीटी ट्यालेन्टहरु जन्माउन सफल भएको छ। यसले उच्च गुणस्तरको, धेरै कभरेज भएको तथा सुपथ मूल्यको ब्रोडब्याण्ड कनेक्टिभिटीका साथै एडभान्स्ड डाटा सेन्टर तथा दूरसञ्चार सेवा प्रदायक, आईएसपी, सरकार तथा आईसीटी क्षेत्रका साझेदारहरु सँगको सहकार्यमा डिजिटल नेपालको जग हाल्न योगदान पुर्याउँदै आएको छ।

नेपालको एक जिम्मेवार कर्पोरेट संगठनको रूपमा ह्वावेले नेपालमा डिजिटल फाउन्डेसनमा योगदान गर्न प्रतिबद्ध रहेको छ जसमा नेपालका सबै टेलिकम अपरेटर, क्ष्क्एक, सरकार र सबै आईएसपी साझेदारहरूलाई उच्च गुणवत्ता, वाइड कभरेज तथा सस्तो ब्रोडब्यान्ड कनेक्टिभिटी र उन्नत डाटा सेन्टरको सुबिधा प्रदान गर्दछ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री गुरुङ तथा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव हरि बस्याललगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु भाैतिकरुपमै उपस्थित भएका थिए।

कार्यक्रममा मन्त्री गुरुङले भने, ‘हामी सूचना प्रविधिको नयाँ युगमा प्रवेश गरेका छैं र सबै नेपालीका लागि इन्टरनेटको सुविधा पुर्याउनेतर्फ लागिरहेका छाैं’, फोरजी सेवा ७७ जिल्लामा उपलब्ध छ, अब हामी फाइभजीको पनि परीक्षण गरिरहेका छाै।’

उनले ह्वावे नेपाललाई धन्यवाद दिँदै अन्य अवार्ड विजेताहरुलाई पनि बधाइ दिएका थिए।

कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव हरि बस्यालले डिजिटल नेपाल फ्रेमवर्क सरकारका लागि नेपालको सूचना प्रविधि क्षेत्रको एउटा महत्वपूर्ण रुपान्तरण पूर्वाधार भएको विचार व्यक्त गरे। उनले सरकारले सिंहदरबारको डाटा सेन्टरको क्षमता अभिवृद्धि तथा खुमलटार र बाँकेमा नयाँ डाटा सेन्टर निर्माण भइरहेको जानकारी दिए।

प्रधानमन्त्री ओलीले ह्वावेलगायतका विजेताहरुलाई बधाइ दिँदै उनीहरुको योगदानको प्रशंसा गरे। उनले सबैको उज्ज्वल भविष्यको कामना पनि गरे।

कार्यक्रममा उनले नागरिक एपको शुभारम्भ गर्नुका साथै क्यूआर कोडमार्फत् बैंक खाता पनि खोलेका थिए।

TK Viber

प्रकाशित: १९ बैशाख २०७८, आईतवार

Loading...