एनआईसी एशिया बैंकका ग्राहकलाई यी अनलाइनबाट किनमेल गर्दा १५ प्रतिशत छुट

Technology Khabar १९ बैशाख २०७८, आईतवार

एनआईसी एशिया बैंकका ग्राहकलाई यी अनलाइनबाट किनमेल गर्दा १५ प्रतिशत छुट
Classic Tech

एनआईसी एशिया बैंकले घरमै बसेर विभिन्न अनलाइनमार्फत वैशाख ३१ गतेसम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५ सयसम्म नगद फिर्ता (क्यास व्याक) को योजना सार्वजनिक गरेको छ ।

नयाँ भेरियन्टको कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि भएको निषेधाज्ञामा विभिन्न अनलाइन माध्यमहरूले दैनिक रुपमा अत्यावश्यक सामग्रीहरू उपभोक्ताहरूको घरमै डेलिभरी गरिरहेको अवस्थामा बैंकले यस्तो योजना ल्याएको हो ।

बैंकले सस्तो डिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर, खानपिन फूड र टुर्सबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।

नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्न ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।

यसका लागि बैंकको कार्डमार्फत ई–कमर्श तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यूआर भुक्तानी गरी यस योजनामा सहभागी हुन सकिने बैंकले जनाएको छ ।

TK Viber

प्रकाशित: १९ बैशाख २०७८, आईतवार

Loading...