सिद्धार्थ बैंकको नयाँ वेबसाइट संचालनमा, नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने

Technology Khabar १९ बैशाख २०७८, आईतवार

सिद्धार्थ बैंकको नयाँ वेबसाइट संचालनमा, नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने
Classic Tech

सिद्धार्थ बैंकले नयाँ आधिकारिक वेबसाइट संचालनमा ल्याएको छ । बैंकले वेबसाइटलाई परिष्कृत र परिमार्जन गरि अझ बढी ग्राहकमैत्री बनाई संचालनमा ल्याएको हो ।

सजिलै डिजिटल माध्यमबाट बैंकको सेवा, सुविधा तथा सूचनाहरूको बारेमा जानकारी प्रदान गर्न र प्रयोगकर्ताहरूको सन्तुष्टि बढाउने उद्देश्यले नयाँ वेबसाइट आजबाट संचालनमा ल्याएको बैंकले जनाएको छ ।

आधुनिक र नवीनतम प्रविधि प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै रुपमा मोबाइल एवं कम्प्युटरबाट चलाउन मिल्ने गरि विकास गरिएको बैंकले बताएको छ ।

ग्राहकहरुको कुनै पनि गुनासो तथा विषयहरुलाई सहज ढंगले सम्बोधन गर्न च्याट, हेल्प डेस्क, क्विक डायल जस्ता एप्लिकेशनहरु राखिएका छन् ।

त्यस्तै बैंकले नयाँ वेबसाइटको सुरुवातसँगै नागरिक एपसँगको सहकार्यमा बैंकको वेबसाइटबाट नागरिक एप मार्फत अनलाइन खाता खोल्न सकिने सुविधा समेत सुरुवात गरेको जनाएको छ ।

TK Viber

प्रकाशित: १९ बैशाख २०७८, आईतवार

Loading...