एप्पलको एयरपड ३ र एप्पल म्युजिक हाइफाइ अर्को हप्ता सार्वजनिक हुने

Technology Khabar १९ बैशाख २०७८, आईतवार

एप्पलको एयरपड ३ र एप्पल म्युजिक हाइफाइ अर्को हप्ता सार्वजनिक हुने

काठमाडौं ।

एप्पलको एयरपड ३ र एप्पल म्युजिक हाइफाइ अर्को हप्ता सार्वजनिक हुने भएका छन्। स्प्रिङ लोडेड इभेन्टमा सार्वजनिक हुने चर्चा चले पनि यी डिभाइसहरु सार्वजनिक गरिएका थिएनन्।

हिट्स डबल डेलीको रिपोर्ट अनुसार एप्पलले एयरपड ३ आगामी हप्ता सार्वजनिक गर्ने भएको हो। यसका साथै एप्पल म्युजिक हाइफाइ पनि सार्वजनिक हुने बताइएको छ जसले सोझै स्पटिफाइ हाइफाइ सँग प्रतिस्पर्धा गर्नेछ।

उक्त रिपोर्टमा डिभाइस सार्वजनिक हुने यकिन मिति भने उल्लेख गरिएको छैन। सार्वजनिक हुने अत्याधुनिक एयरबडको डिजाइन एयरपड प्रो सँग मिल्दोजुल्दो हुनेछ।

यिनीहरुमा एक्टिभ न्वाइज क्यान्सिलेशन फिचर भने हुने छैनन्। एक्टिभ न्वाइज क्यान्सिलेशन फिचर प्रो सिरिजको मुख्य विशेषता हो।

म्युजिक हाइफाइमा डल्बी एट्मस र डल्बी अडियो सपोर्ट रहने

रिपोर्ट अनुसार एप्पल म्युजिक हाइफाइमा उच्चस्तरको ध्वनीको गुणस्तरका लागि विशेष ध्यान दिइएको छ। हालसम्म स्पटिफाइ, टाइडल तथा अमेजन म्युजिकले विशेष हाइफाइ म्युजिकको सुविधा दिँदै आएका छन्। यी सेवाहरुमा विशेष रुची राख्ने एप्पलले अडियो क्षेत्रमा प्रतिस्पर्धाबाट धेरै समय टाढा नरहने बुझिएको छ।

easy care

प्रकाशित: १९ बैशाख २०७८, आईतवार