यूरोपमा सेमिकण्डक्टर प्लान्ट लगाउने इन्टेलको योजना

Technology Khabar १९ बैशाख २०७८, आईतवार

यूरोपमा सेमिकण्डक्टर प्लान्ट लगाउने इन्टेलको योजना
Classic Tech

इन्टेलका सीईओ प्याट जेल्सिंगरले कम्पनीले यूरोपमा सेमिकण्डक्टर प्लान्ट स्थापना गर्न सर्वसाधारणका तर्फबाट ९ अर्ब ७० करोड डलर आवश्यकता भएको बताएका छन्।

यो प्लान्टमा उच्च स्तरको चिप बन्नेछ। उनले एउटा अन्तरवार्तामा उक्त प्लान्ट यहाँ लगाउँदा एसियामा लगाउँदा भन्दा बढी प्रतिस्पर्धी हुनसक्ने भएकाले आफूले अमेरिकी तथा यूरोपमा सरकारलाई आग्रह गरेको बताएका छन्।

यसै सन्दर्भमा इन्टेलका एक प्रवक्ताले पनि प्लान्ट स्थापना गर्न कम्पनीलाई ठूलो रकम सब्सिडीका रुपमा आवश्यक हुने बताए।

जेल्सिंगरले यसका लागि यूरोपियन यूनियन इन्टर्नल मार्केटका कमिस्नर थियरी बर्टनसँग सेमिकण्डक्टर रणनीतिका विषयमा ब्रसेल्समा वार्ता गर्नेछन्।

गत महिना जेल्सिंगरले एरिजोनामा २० अर्ब डलरको दुई ओटा फ्याक्ट्री लगाउनेइन्टेलको आईडीएम २.० रणनीति योजना घोषणा गरेका थिए। कम्पनीले चिप उत्पादक कम्पनीहरुको सूचीमा आफ्नो शीर्ष स्थान पुन: प्राप्तिका लागि यो फ्याक्ट्री बाह्य ग्राहकका लागि खोल्न लागेको बुझिएको छ।

सेमिकणड्कटर उत्पादनका क्षेत्रमा इन्टेलले दशको राज गरिसकेको छ। तर केही वर्ष यता अनुसन्धान र विकासका क्षेत्रमा समय दिन नसक्नाले यस क्षेत्रको बागडोर गुमाउन पुगेको छ।

TK Viber

प्रकाशित: १९ बैशाख २०७८, आईतवार

Loading...