ग्यालेक्सी एस२० सिरिजको क्यामरा ग्लासमा आएको समस्यामाथि मुद्दा हालिँदै

Technology Khabar १९ बैशाख २०७८, आईतवार

ग्यालेक्सी एस२० सिरिजको क्यामरा ग्लासमा आएको समस्यामाथि मुद्दा हालिँदै
Classic Tech

गत वर्ष ग्यालेक्सी एस२० सार्वजनिक भएको केही समयमै यसको पछाडिपट्टिको क्यामराको शिशा चर्केको गुनासो अनलाइनमा व्याप्त भएका थिए।

यो समस्याका बारेमा कति फैलियो भन्ने यकिन नभए पनि कम्पनीले यसलाई स्वीकार गर्दै उपभोक्ताहरु यसबारेमा गलत नभएको बताएको थियो।

यसै सन्दर्भमा अमेरिकाको एउटा ल फर्म भने हालै सामसङले थुप्रै उपभोक्ता संरक्षण कानुनको उल्लंघन गरेको निष्कर्षमा पुगेको छ।

उक्त फर्मका ह्यागेन बर्मनले सामसङले उपभोक्ताहरुलाई गुमराहमा राखेको आरोप लगाएका छन्। उक्त डिभाइसको क्यामरामा लगाइएको शिशा कम गुणस्तरको भएको र त्यसले डिभाइसको मूल्यसँग तादात्म्य नराख्ने उनको भनाइ छ।

उनका अनुसार क्यामराको शिशा चर्किनाले विशेष गरी त्यसमा पानी छिर्ने हुनाले आईपी रेटिङ विरुद्ध हुने तथा क्यामराले पनि काम नगर्ने हुनाले यो उपभोक्ताका लागि ठगी हो।

यो समस्याले फोरजी, फाइभजी, एस२०एफई तथा एस२०एफई फाइभजी लगायताका ग्यालेक्सी एस२० का सबै भेरियन्टलाई असर पार्ने जनाइएको छ। यसका लागि अमेरिकाका बासिन्दाले भने एउटा फर्म भरेर कम्पनीमाथि हालिने मुद्दामा सहभागी हुन सक्नेछन्।

TK Viber

प्रकाशित: १९ बैशाख २०७८, आईतवार

Loading...