प्रधानमन्त्री ओलीले खोले क्यूआर कोडमार्फत् अनलाइन बैंक खाता

Technology Khabar १९ बैशाख २०७८, आईतवार

प्रधानमन्त्री ओलीले खोले क्यूआर कोडमार्फत् अनलाइन बैंक खाता
Classic Tech

प्रधानमन्त्री ओलीले क्यूआर कोडमार्फत् नेपाल बैकमा अनलाइन खाता खोलेका छन्।

चोथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रधानमन्तरी ओलीले विभिन्न नयाँ कार्यक्रमहरुको शुभारम्भ गर्ने क्रममा क्यूआर कोड स्क्यान गरेर नेपाल बैंकमा अनलाइन खाता खोलेका हुन्। खाता खोलेको केही समयमै उनलाई खाता नम्बरसहितको इमेल प्राप्त भएको उनले कार्यक्रममा मन्तव्य राख्ने क्रममा बताए।

सरकारी कार्यालय लगायतका कामलाई फेसले र पेपरलेस बनाउने र लाइनको सट्टा अब अनलाइनमर्फत् नै सेवा उपलब्ध गराउने विभिन्न सेवा तथा कार्यक्रमको शुभारम्भका क्रममा अनलाइन बैंक खाता खोलिएको थियो।

यो सेवा हाल नेपाल बैंक र सिद्धार्थ बैकमा उपलब्ध रहेको र छिट्टै अन्य बैकहरुसँग साझेदारी गर्दै लैजाने पनि बताइएको छ।

TK Viber

प्रकाशित: १९ बैशाख २०७८, आईतवार

Loading...