नागरिक एपको पूर्ण भर्सन सार्वजनिक, यस्ता छन् एपमा पाईने सुबिधाहरु

Technology Khabar १९ बैशाख २०७८, आईतवार

नागरिक एपको पूर्ण भर्सन सार्वजनिक, यस्ता छन् एपमा पाईने सुबिधाहरु

काठमाडौं ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर सरकारले नागरिक एपको फुल भर्सन सार्वजनिक गरेको छ ।

‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ नाराका साथ मनाइएको राष्ट्रिय राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिमा सरकारले यसअघि परीक्षणका लागि सार्वजनिक गरिएको नागरिक एपको पूर्ण भर्सन सार्वजनिक गर्ने भएको हो ।

सो एपमा सरकारले सबै सरकारी सेवाहरु एउटै प्लेटफर्ममा उपलब्ध गराउने उद्देश्यका साथ ल्याएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आयोजित कार्यक्रममा भर्चुअल माध्यमबाट सो एप सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री ओलीले एपमा रहेको क्यूआर कोडमार्फत नेपाल बैंकमा खाता खोलेर सो एपको पूर्ण भर्सन सार्वजनिक गरेका हुन् ।

उनले सबै सरकारी सेवा एउटै एपबाट लिन सकिनेगरि नागरिक एप तयार पारिएको हो ।

यसमा भएको क्यूआर कोड सेवा विश्वमै पहिलो किसिमको भएको दाबी गरिएको छ ।

गत माघ २ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले परीक्षणको रुपमा नागरिक एपको बीटाभर्सन सार्वजनिक गरेका थिए । बीटा भर्सनमा एपबाटै नागरिकता प्रमाणिकरण गर्न सकिने व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन सकिनेलगायतका सेवा रहेको थियो ।

यसका साथै नागरिक एपमा नागरिक लगानी कोष, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष, प्यान पुलिस क्लियरेन्स रिपोर्ट लिन सकिने र मतदाता परिचय पत्रको विवरण हेर्न सकिने सुविधा रहेको छ ।

सो एपमै हेलो सरकारमार्फत विभिन्न सार्वजनिक तथा सरकारी सेवाको विषयमा नागरिक एपमार्फत नै गुनासो टिपाउन सकिने सुविधा राखिएको छ ।

नागरिक एपमा खाता खोल्न आफ्नै नामको मोबाइल नम्बर अनिवार्य गरिएको छ । नेपाल टेलिकम र एनसेल आजियाटाको नम्बरबाट मात्र नागरिक एप प्रयोग गर्न सकिने सुबिधा रहेकोमा हाल स्मार्ट टेलिकमका सेवाग्राहीहरुले समेत सो एप चलाउन सक्नेछन् ।

नागरिकता र शैक्षिक प्रमाणपत्रहरु प्रमाणीकरणको सुबिधा समेत उपलब्ध रहेको सो एपमा धेरै प्रयोगकर्ताले आफ्नो नागरिकताको जानकारी फेला नपरेको तथा गल्ती जानकारीहरु रहेको गुनासो गरिरहेका थिए ।

तर पछिल्लो समय गृह मन्त्रालयले नागरिकता सम्बन्धि समस्या समाधान गर्न छुट्टै सिस्टम विकास गरी सञ्चालनमा ल्याइसकेको जानकारी दिएको छ ।

पूर्ण भर्सनसँगै नागरिक एपबाट अनलाइनमार्फत सवारी कर तथा ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था भएको छ । एपबाट आफ्नो जग्गाको लालपूर्जा तथा जग्गाको कित्ता अनलाइनमा हेर्न, प्रिन्ट गर्न र राजश्व तिर्न सकिनेछ भने भूमिसुधारमा रहेको आफ्नो जग्गाको स्थिति थाहा पाउन सकिनेछ, स्थानीय तहबाट सिफारिस लिने तथा कर तिर्ने लगायतका सेवा पनि एपले नै दिनेछ ।

यसका साथै एपबाट लोकसेवा आयोगको फर्म भर्न सकिने मोबाइको सिम लिनसकिने लगायतका सुबिधा उपलब्ध छन् ।

बीटा भर्सनमै रहेको एपको डाउनलोड एन्ड्रोइड र आईओएसमा गरी ५ लाख भन्दा धेरै पुगेको छ ।

easy care

प्रकाशित: १९ बैशाख २०७८, आईतवार

ताजा समाचार