रोकुले आफ्नो एप क्याटलगबाट युट्युब टीभी हटायो

Technology Khabar १९ बैशाख २०७८, आईतवार

रोकुले आफ्नो एप क्याटलगबाट युट्युब टीभी हटायो

काठमाडौं ।

गुगलसँगको सम्झोता सकिँदै गर्दा रोकुले आफ्नो एप क्याटलगबाट युट्युब टीभीलाई हटाउने भएको छ।

कम्पनीले हालै आफ्ना ग्राहकहरुलाई अबदेखि रोकु डिभाइसहरुमा युट्युब टीभी च्यानल उपलब्ध नहुने जानकारी गराएको छ।

ग्राहकहरुलाई पठाएको मेसेजमा गुगलले यूजरको विवरण संकलन गर्न र सर्च रिजल्टलाई तोडमोड गर्न सक्ने गरी अप्रतिस्पर्धी र पक्षपाती नियम लागू गरेकोले यस्तो निर्णयमा पुगेको आरोप लगाएको छ।

गत शुक्रबार रोकुले आफ्नो स्टोरबाट युट्युब टीभी च्यानल हटाएर ड्रोइड लाइफलाई एउटा विज्ञप्ति दिएको थियो।

रोकुले अहिले भइरहेका युट्युब टीभीका ग्राहकहरुको सेवालाई निरन्तरता दिने तर नयाँ ग्राहकलाई भने गुगलसँग अर्को सम्झोता नहुन्जेल सेवा उपलब्ध नगराइने जनाएको छ। कम्पनीले गुगलले लाखाैं प्रयोगकर्ताले स्ट्रिमिङको नियन्त्रण आफ्नै हातमा हुनेगरी नीति लिने अपेक्षा गरेको छ।

यसै सम्बन्धमा गुगलले एक विज्ञप्ति जारी गर्दै रोकुले अविश्वास गर्दै आफूसँगको सम्झोता तोडेको र उसले अन्य स्ट्रिमिङ सेवा प्रदायकसँग पनि यस्तै गरेको आरोप लगाएको छ।

उक्त विज्ञप्तिमा रोकुको यूजरको विवरण संकलन तथा सर्च रिजल्ट तोडमोडको दावीलाई इन्कार गरेको छ। गुगलका अनुसार उ;ले रोकुले आरोप लगाएजस्तो यूजरको विवरण तथा सर्च रिजल्ट तोडमोडका लागि कुनै प्रकारको माग नगरेको र यो आरोप पूर्णत: मिथ्या भएको बताएको छ।

Sajilo Visa

प्रकाशित: १९ बैशाख २०७८, आईतवार

तपाइको प्रतिक्रिया