प्रधानमन्त्री ओलीले भने- साइबर सुरक्षा तथा सरकारी डाटाको सुरक्षामा ध्यान केन्द्रित गर्नुपर्छ

Technology Khabar १९ बैशाख २०७८, आईतवार

प्रधानमन्त्री ओलीले भने- साइबर सुरक्षा तथा सरकारी डाटाको सुरक्षामा ध्यान केन्द्रित गर्नुपर्छ
Classic Tech

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८’ का अवसरमा सूचना प्रविधिको विकास सँगसँगै त्यसको दुरुपयोग रोक्न समेत सचेत हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले अबलम्बन गरेका रणनीतिहरुको केन्द्रमा सँधै सूचना तथा सञ्चार प्रविधि रहेको उल्लेख गर्दै विश्वव्यापीरुपमा सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगले राज्य व्यवस्थाको सञ्चालयन विकासोको व्यवस्थापन सार्वजनिक सेवा, सूचना प्रवाह एवं सामाजिक अन्तरक्रिया लगायतका विययमा आधारभूत परिवर्तन आएको बताएका छन् ।

‘सूचना प्रविधिको विकासका यी उपलब्धिलाई साधनका रुपमा आन्तमसात गर्दै राष्ट्रलाई समृद्ध र जनतालाई सुखी बनाउन अग्रसर भएको छ,’ प्रधानमन्त्रीले दिएको शुभकामना सन्देशमा उल्लेख छ ।

उनले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयमा ल्याएको भन्दै सूचना प्रविधिको तीब्रतम विकासका उपलब्धिहरुको मानव सभ्यताको क्षयीकरण विनास र दुरुत्साहनमा हुनसक्ने दुरुपयोगलाई रोक्न पनि हामीले उत्तिकै सजग रहनु पर्ने बताए । यसका साथै साइबर सुरक्षा तथा सरकारी डाटाको सुरक्षा सम्बन्धी विषयमा ध्यान केन्द्रित हुनु आवश्यक रहेको सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्वअभिवृद्धि गरी अर्थतन्त्रका बृहत्तर आयामहरुको रुपान्तरण गर्न सकिने बताएका छन् ।

‘सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरणमा सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्न, सूचना प्रविधि सम्बन्धि डाटा सुरक्षति बनाउन, डिजिटल प्रविधिकोउपयोग गरी विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्न, डिजिटल साक्षरतामा जोड दिन, प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाउन र आम नागरिकलाई विद्युतीयमाध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाउन र आम नागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रुपमा सेवा उपलब्ध गराउन प्रविधि क्षेत्रसँग सम्बन्धित सबैमा आग्रह गर्दछु,’ जारी सन्देशमा भनिएको छ ।

यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दिवसका अवसरमा सुशासन, दिगो विकास एवम् गरिबी न्यूनीकरणका लक्ष्यहरु हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले सो कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने सङ्कल्प लिएको बताएका छन् ।

‘सूचना प्रविधिमैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ,’ सन्देशमा उनले भने ।

मन्त्री गुरुङले आजको युग सूचना तथा सञ्चार प्रविधिको युग भएको भन्दै त्यसैले आधुनिक युगको मागअनुसार हरेक क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्दै ‘समृद्ध नेपाल: सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्ने सरकारको लक्ष्य छ भन्दै सन्देशमा सोही लक्ष्य हासिल हुने गरी सरकारले नीतिगत, कानूनी र संरचनागत आधार तयार पारी कार्यान्वयनमा लैजान ‘डिजिटल नेपाल फ्रेमवर्क’ को कार्यक्रमलाई प्रभावकारिताका साथ अघि बढाउने कामलाई तीव्रता दिएको बताए छ ।

“सूचना प्रविधि क्षेत्रको दुरुपयोग हुन नदिन तथा यसको विकासमा सहज पहुुँच पुर्याउन सरकारले सङ्घीय संसद्मा ‘सूचना प्रविधि विधेयक’ पेश गरेको छ”, सन्देशमा उनले भने, “सूचना महामार्ग निर्माण र विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।”

मन्त्री गुरुङले सरकारले सबै स्थानीय तह, वडा कार्यालय, सामूदायिक शिक्षण संस्थाहरु, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुुँच सुनिश्चित गर्ने, उपरोक्त स्थानहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याउने र प्रत्येक स्थानीय तहमा सूूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको उल्लेख गर्दै दूरसञ्चार सेवालाई गुुणस्तरीय बनाउन फाइभजी परीक्षणको काम अगाडि बढाइएको बताए ।

‘साइबर अपराध नियन्त्रण, साइबर सुरक्षा र सरकारी डाटा सेन्टरको सुरक्षा अति संवेदनशील विषय भएकाले यसको सुरक्षामा विशेष ध्यान दिइएको छ,’ उनले सन्देशमा भने ।

TK Viber

प्रकाशित: १९ बैशाख २०७८, आईतवार

Loading...