आज मे २ तारिख: राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईँदै

Technology Khabar १९ बैशाख २०७८, आईतवार

आज मे २ तारिख: राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईँदै
Classic Tech

आज मे २ तारिख अर्थात राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस । सरकारले औपचारिकरुपमा सूचना प्रविधिको विकासका लागि विभिन्न किसिमले कार्यक्रमहरु आयोजना गरेर मनाउँदै आएको छ ।

यस वर्ष भने सरकारले कोभिड-१९ को महामारी र दोस्रो लहरको कारण भौतिकरुपमा नभई भर्चुअल माध्यममा कार्यक्रम गरेर मनाउने भएको छ ।

यसको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्म जूममार्फत औपचारिकरुपमा कार्यक्रम आयोजना गर्दैछ । मन्त्रालयले यस वर्षको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको नारा समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार राखेको छ ।

औपचारिक कार्यक्रम ११ बजे शुरु हुनेछ ।

यसका साथै विभिन्न संघ संस्थाहरुले समेत विभिन्न कार्यक्रम आयोजना गरेर मनाउँदैछन् ।

यसअघि क्यान महासंघको अगुवाईमा मे २ लाई सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आएको भएपनि २०७४ सालदेखि सरकारले औपचारिकरुपमै ‘सूचना तथा सञ्चार प्रविधि दिवस’ का रुपमा मनाउने निर्णय गरेको थियो । त्यसयता सरकारी तबरबाटै मनाईँदै आएको छ ।

TK Viber

प्रकाशित: १९ बैशाख २०७८, आईतवार

Loading...