यसरी सुरक्षित गर्न सकिन्छ घरको वाईफाई, हेर्नुस् नियामक निकायको ६ सुझाब

Technology Khabar १९ बैशाख २०७८, आईतवार

यसरी सुरक्षित गर्न सकिन्छ घरको वाईफाई, हेर्नुस् नियामक निकायको ६ सुझाब
सांकेतिक तस्विर

काठमाडौं ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रयोगकर्ताहरुलाई साइबर सुरक्षाका उपायहरु अपनाएर इन्टरनेट प्रयोग गर्न आग्रह गरेको छ । प्राधिकरणले साइबर सुरक्षालाई ध्यानमा राखेर नियमितरुपमा उपायहरु र जानकारीहरु दिँदै आएकोछ ।

प्राधिकरणले इन्टरनेट प्रयोगकर्तालाई घरको वाईफाई सुरक्षित राख्ने उपायहरुको बारेमा सुझाएको छ ।

१। इन्टरनेट सेवा प्रदायकले होम वाईफाई जडान गरिसकेपछि इन्टरनेट सेवा प्रदायकसँग वाईफाई राउटरको एडमिन युजरनेम र पासवर्ड लिने । त्यसपछि उक्त पासवर्ड परिवर्तन गर्ने ।

२। वायरलेस होम नेटवर्कको डिफल्ट नेम (एसएसआइडी) परिवर्तन गर्ने र वाईफाईको लागि बलियो पासवर्ड राख्ने ।

३। आफ्नो घरको वाईफाईको एसएसआइडी (SSID) अरुले पहिचान गर्न नसक्ने बनाउन एसएसआइडीलाई लुकाएर राख्ने ।

४। घरको वाईफाईलाई सुरक्षित बनाउन नेटवर्क इन्क्रिप्सनमा डब्लुपीएटु/डब्लुपीएथ्री (WPA2 / WPA3) लाई छनौट गरी कन्फिगर गर्ने ।

५। वायरलेस राउटरको सफ्टवेयरलाई नियमित अध्यावधिक हुनेगरी कन्फिगर गर्ने । घरको वाइफाइ प्रयोग गर्ने व्यक्तिहरुको मोबाइल, ल्याापटप, कम्प्युटर, ट्याबलेट आदि उपकरहरुको म्याक एड्रेसहरुलाई वाइन्ड गरेर वाइफाइ प्रयोग गर्ने ।

६। घरमा इन्टरनेट प्रयोग नहुने बखत वायरलेस राउटरको स्वीच अफ गर्ने ।

easy care

प्रकाशित: १९ बैशाख २०७८, आईतवार

ताजा समाचार