पत्रकारका लागि सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास मात्र मान्य हुने

Technology Khabar १८ बैशाख २०७८, शनिबार

पत्रकारका लागि सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास मात्र मान्य हुने
Classic Tech

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जारी निषेधाज्ञा अवधिभर पत्रकारलाई यात्राको लागि समेत थप कडाइ गरेको छ।

शुक्रबार बसेको सिसिएमसी बैठकले निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मात्र मान्य हुने निर्णय गरेको हो।

यसअघि सम्बन्धित मिडिया संस्थाको परिचयपत्र भए पनि यात्राको लागि मान्य थियो ।

TK Viber

प्रकाशित: १८ बैशाख २०७८, शनिबार

Loading...