टर्कीमा क्रिप्टो फर्महरू अब मनि लन्ड्रिङ्ग र आतंकवाद फाइनान्सिङ्ग नियममा समेटिए

Technology Khabar १८ बैशाख २०७८, शनिबार

टर्कीमा क्रिप्टो फर्महरू अब मनि लन्ड्रिङ्ग र आतंकवाद फाइनान्सिङ्ग नियममा समेटिए
Classic Tech

टर्कीले देशमा एन्टी मनी लन्ड्रिंग र आतंकवाद वित्तिय नियमावलीले समावेश गर्ने फर्महरूको सूचीमा क्रिप्टोकरेन्सी ट्रेडिंग प्लेटफर्मलाई समेत थप गरेको छ । टर्कीका राष्ट्रपतिद्धारा जारी शनिबार प्रकाशित एक आदेशमा भनिएको छ ।

आधिकारिक राजपत्रले उल्लेख गरेअनुसार देशको नयाँ नियमहरूको विस्तार तुरुन्त प्रभावमा आउनेछ र यसले क्रिप्टोकरेन्सी लेनदेन कारोबार र क्रिप्टो सम्पत्ति सेवा प्रदायकलाई कभर गर्नेछ, जुन विद्यमान नियमहरुसँग उत्तरदायी हुनेछ।

गत महिना टर्कीको केन्द्रीय बैंकले यस्तो लेनदेन जोखिमपूर्ण रहेको भन्दै भुक्तानका लागि क्रिप्टो सम्पत्तिको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । ती दिनहरूमा टर्कीमा आधारित दुई क्रिप्टोकरन्सी ट्रेडिङ्ग प्लेटफर्महरु छुट्टाछुट्टै अनुसन्धान अन्तर्गत रोकिएका थिए ।

ती मध्ये एउटा थोडक्सको अनुसन्धानले बिहीबार छ जना संदिग्धलाई जेल पुर्‍याएको छ जसका प्रमुख कार्यकारी फारुक फातिह ओजरका भाइबहिनी पनि थिए जसलाई टर्कीका अधिकारीहरूले उनको अल्बानिया यात्रा पछि खोजिरहेका थिए। रोयटर्स

TK Viber

प्रकाशित: १८ बैशाख २०७८, शनिबार

Loading...