नासा सेक्युरिटिजले अनलाइन मार्फत एक दिनमै डिम्याट खाता खोलिदिने

Technology Khabar १७ बैशाख २०७८, शुक्रबार

नासा सेक्युरिटिजले अनलाइन मार्फत एक दिनमै डिम्याट खाता खोलिदिने
Classic Tech

नासा सेक्यूरिटीज (स्टक ब्रोकर नम्बर ५८) ले एक दिनमा नै डिम्याट खाता खोलिदिने भएको छ । अनलाइन मार्फत एकै दिनमा डिम्याट खाता खोल्न सकिने व्यवस्था गरिएको नासा सेक्युरिटिजले जनाएको छ ।

कोरोना महामारीको बिषम परिस्थितलाई ध्यानमा राख्दै घरैमा बसी सुरक्षित भई शेयर बजारमा संलग्न हुनका लागि यस्तो व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एक दिनमा डिम्याट खाता खोल्नका नासा सेक्युरिटिजको वेबसाइट http://www.naasasecurities.com.np/ मा गई आवेदन दिनु पर्नेछ । आवेदन दिएकै दिन लगानीकर्ताले डिम्याट खाता नम्बर पाउने छन् ।

यसरी डिम्याट खाता खोल्दा नागरिकताको प्रतिलिपि सहित आवश्यक कागजात अनलाइनबाट नै बुझाउन सकिने छ । नाबालकको हकमा जन्मदर्ता र अबिभावकको नागरिकता आवश्यक पर्नेछ ।

TK Viber

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

Loading...