आईबीएमद्वारा क्लाउड एप र नेटवर्क म्यानेजमेन्ट फर्म टर्बोनोमिकको स्वामित्व २ अर्ब डलरमा ग्रहण

Technology Khabar १७ बैशाख २०७८, शुक्रबार

आईबीएमद्वारा क्लाउड एप र नेटवर्क म्यानेजमेन्ट फर्म टर्बोनोमिकको स्वामित्व २ अर्ब डलरमा ग्रहण
Global IME Bank

काठमाडौं ।

आईबीएमले नेटवर्क र वर्कलोड व्यवस्थापनका लागि एआईमा आधारित सेवा प्रदान गर्ने उद्देश्यले अर्को एउटा स्वामित्व खरिद गरेको छ।

विशेषगरी स्रोत व्यवस्थापनसम्बन्धी एप्लिकेशन क्षमता व्यवस्थापनका लागि आवश्यक साधन प्रदान गर्ने टर्बोनोमिक नामक कम्पनी किनेको हो।

यसका पछाडि कम्पनीको सूचना प्रविधि सञ्चालमा सकेसम्म आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने रणनीति रहेको बुझिएको छ। उक्त फर्मको किनबेच रकमबारे उल्लेख गरिएको छैन। तर पिचबुकको तथ्याङ्कअनुसार गत २०१९ मा टर्बोनोमिक्सको मूल्याङ्कन ९६ अर्ब ३० करोड डलर भएको थियो। रोयटर्समा आएको एक रिपोर्ट अनुसार डेढदेखि २ अर्ब डलरका बीचमा सम्झोता भएको आकलन गरिएकोमा नजिकको स्रोतले यो सूचना सही भएको जानकारी दिएका हुन्।

बोस्टनमा रहेको टर्बोनोमिक कम्पनीमा जनरल एटलान्टिक, सिस्को बेन हाइल्ण्ड क्यापिटल पार्टनर्स र रेड ह्याटको लगानी रहेको छ। रेडह्याट र आईबीएम मिलेर दूरसञ्चार,  एज तथा इन्टरप्राइजमा प्रयोगमा आउने थुप्रै क्लाउडमा आधारित टूलहरुको विकास गरिरहेका छन्।

यो सम्झाैताले उक्त साझेदारीमा अझै बल प्रदान गर्ने बुझिएको छ। गएको नोभेम्बरमा आईबीएमले इन्स्टाना नामक अर्को कम्पनी किनेको थियो। कम्पनीले यी दुवै कम्पनीका प्रविधिलाई एकीकृत गरी अगाडि बढाइने जनाएको छ।

टर्बोनोमिकका टूलहरु विशेषगरी हाइब्रिड क्लाउड आर्किटेक्चरमा प्रयोग गरिन्छन्।

‘व्यवसायहरु विभिन्न क्लाउडमा आफ्ना एप्लिकेशन चलाउँ आइपर्ने असहजतालाई व्यस्थापन गर्न आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सफटवयरहरु खोजिरहेका हुन्छन्’, टर्बोनोमिकका सीईओ बेन न्येले एक विज्ञप्तिमा भनेका छन्, ‘टर्बोनोमिक र आईबीएमको संयोजनले माग उच्च भएका बेलासमेत लगातार रुपमा एप्लिकेशनहरु पर्याप्त मात्रामा उपलब्ध गराउनेछ।’

यसै क्रममा आईबीएम क्लाउड र डाटा प्लेटफर्मका वरिष्ठ उपाध्यक्ष रब थोमसले आईबीएमले हाइब्रिड क्लाउड र एआई कम्पनीका रुपमा आफ्नो भविष्य पुनर्निर्माण गर्नमा लागिपरिहने बताए। उनले भने, ‘टर्बोनोमिकको स्वामित्व लिनुले हाम्रो रणनीतिलाई उकास्न र उपभोक्तालाई आफ्ना डिजिटल रुपान्तरणको नवीनतम तरिकाहरु खोज्न सघाउ पुर्याउने क्षेत्रमा हाम्रो प्रभावकारी लगानीको अर्को उदाहरण हो।’

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार