अनर प्ले५ को विवरण लीक, ओएलईडी स्क्रीनसहित आउने

Technology Khabar १७ बैशाख २०७८, शुक्रबार

अनर प्ले५ को विवरण लीक, ओएलईडी स्क्रीनसहित आउने
Classic Tech

हालै अनरको आउँदै गरेको स्मार्टफोन अनर प्ले५ को विवरण लीक भएको छ।

चिनियाँ सामाजिक सञ्जाल वेबोमा डिजिटल च्याट स्टेशनले बाहिर ल्याएको विवरणमा त्यसको पूरा स्पेसिफिकेशन दिइएको छ। यसअघि भने सञ्चारमाध्यममा अनल प्ले५ मा ६४ मेगापिक्सेलको क्यामरा तथा ६६ वाटको फास्ट चार्जिङ सपोर्ट रहने जानकारी मात्र आएका थिए।

विवरण अनुसार अनर प्ले५ मा मिडियाटेको डाइमेन्सिटी ८०० एसओसी चिपसेट रहनेछ भने यो ६।३ इन्चको फुल एचडीं ओएलईडी डिस्प्लेका साथ आउनेछ। उक्त डिस्प्लेमा सेल्फी क्यामराका लागि एउटा नच दिइनेछ।
यसको पछाडिपट्टि र साइडमा फिंगरप्रिन्ट स्क्यानर नभएकाले ओएलईडी स्क्रीनसहितकव स्मार्टफोनका हिसाबले इन-डिस्प्ले सेन्सरसहित आउन सक्ने अपेक्षा गरिएको छ।

यसमा पछाडिपट्टि ६४ मेगापिक्सेलको मुख्यसहित ८ मेगापिक्सेलको अल्ट्रावाईड तथा २(२ मेगापिक्सेलको म्याक्रो तथा डेप्थ सेन्सर दिइएको छ। यो स्मार्टफोनको मोटाइ ७।४६ मिलिमिटर तथा तोल १७९ ग्राम रहनेछ।
यसलाई पावर दिनका लागि यूएबी(सी सपोर्ट गर्ने ३८०० एमएएचकव ब्याट्री उपलब्ध हुनेछ।
तर उक्त विवरणमा यसको मूल्य, उपलब्धता तथा सेल्फी क्यामराका बारेमा केही उल्लेख गरिएकव छैन।

TK Viber

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

Loading...