के हो नन फंगिबल टोकन-एनएफटी?

Technology Khabar १७ बैशाख २०७८, शुक्रबार

के हो नन फंगिबल टोकन-एनएफटी?

काठमाडौं ।

नन फंगिबल टोकनको संक्षिप्त रुप एनएफटीमार्फत् कुनै पनि व्यक्तिले अद्तीय डिजिटल सामग्रीहरुको स्वामित्व बेच्न तथा त्यसलाई कस कसले किन्छ भनेर ब्लकचेनमार्पत् लगत राख्न सकिन्छ।

एनएफटीमा प्राविधिक रुपमा चित्रकला, एनिमेशन गररिएका जीआईएफ तस्बिरहरु, गीत तथा भिडियो गेमभित्रका केही सामग्री लगायत जुनसुकै चिज अट्न सक्छ। एनएफटी कुनै पनि अनुपम वा सन्सारमा एक प्रति मात्र भएका चित्रकला वा धेरै कपी भएकाको एक प्रति पनि हुन् सक्छ। तर ब्लकचेनले उक्त एनएफटीको प्रितिलिपि अधिकार कोसँग छ भन्ने चाहिँ ट्रयाक गरिरहन्छ।

एनएफटी केही समययता समाचारका शीर्षक तथा मानिसहरुका छलफलकव विषयवस्तुका रुपमा छाइरहेका छन्। यसलाई कसैले लाखाैं डलरमा बेचिरहेका छन् भने त्यसैलाई कसैले लाखाैं डलर हालेर किनिरहेका छन्। उच्च स्तरको न्यान क्याट तथा डिल विथ इट सनग्लास अहिले लिलामीमा राखिएका छन्।

चर्चा परिचर्चा तथा किनबेच चुलिँदै गर्दा एनएफटीले ठूलो मात्रामा बिजुली खपत गर्ने तथा यिनीहरुले पर्यावरणमा नकारात्मक असर पार्ने पनि चासोको विषय भइरहेको छ।

easy care

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

ताजा समाचार