‘डिजास्टर गर्ल’ को मिम एनएफटीका रुपमा ५ लाख डलरमा बिक्री

Technology Khabar १७ बैशाख २०७८, शुक्रबार

‘डिजास्टर गर्ल’ को मिम एनएफटीका रुपमा ५ लाख डलरमा बिक्री
Classic Tech

इन्टरनेटको अर्को मिम हालै अनलाइनमा ठूलो रकममा बिक्री भएको छ। डिजास्टर गर्लका नामले चिनिने जो रुथको सन् २००५ मा उनका बाबुले खिचेको म्याक्रो फोटो ५ लाख डलरमा बिक्री भएको हो।

उक्त फोटोमा सानी रुथ क्यामरामा हेरेर मुस्काउँदै गरेको देखिन्छ भने पृष्ठभूमिमा एउटा घर जलिरहेको देखिन्छ। उक्त मिमको सक्कल प्रति १८० इथर क्रिप्टोकरेन्सी अर्थात् लगभग ५ लाख डलरमा बिक्री भएको हो।

रोथले न्यूयोर्क टाइम्सलाई बताए अनुसार उनले उक्त रकम आफ्नो पढाइका लागि लिएको ऋण तिर्न र च्यारिटीमा खर्च गर्नेछिन्। उनले यसलाई बेचे पनि एनएफटीको नियम अनुसार यसको प्रतिलिपि अधिकार उनीहरुसँगै रहनेछ भने भविष्यमा जति पटक एनएफटी बिक्री हुन्छ त्यति नै पटक त्यसको १० प्रतिशत रोयल्टी स्वतस् उनीहरुको नाउँमा आउनेछ।

क्रिप्टोकरेन्सीमा आधारित कलाबाट लाखैं डलर कमाउने रोथ पहिलो मिम स्टार भने होइनन्। न्यान क्याटका सर्जक क्रिस टोरेजले एउटा इन्द्रेणी नामक पप टार्ट शरीर भएको बिरालोको एनएफटी लगचग ६ लाख डलरमा बेचेका थिए। त्यसपछि उनले अरु इन्टरनेट मिमका स्वामित्व भएका ब्याड लक ब्रायन नामले चिनिने काइल क्रेभनसँग मिलेल आफ्ना अघिल्ला इन्टरनेट मिमबाट बढी लाभ लिनका लागि काम गररिरहेका छन्।

त्यस्तै शीक्रेभनको ओरिजिनल मिम ३६ हजार डलर तथा ओभर्टली अट्याच्ड गर्लका नामले चिनिने लाइना मोरिसले आफ्नो मिम गत अप्रिलको शुरुमा ४ लाख ११ हजार डलरमा बेचेकी थिइन्।

रोथको एनएफटी अन्य थुप्रै महंगा एनएफटी किन्ने दुबईमा रहेको ३एफ म्युजिकले किनेको हो। ३एफ म्युजिकले किनेका अन्य एनएफटीहरुमा ओभर्ली अट्याच्ड गर्लको ४ लाख ११ हजार डलरमा तथा द न्यूयोर्क टाइम्सको मेटा एनएटी कोलम ५ लाख ३६ हजार डलरमा रहेका छन्।
गत मार्चमा न्यूयोर्क टाइम्सले एउटा विज्ञप्तिमा ३एफ म्यूजिकले आफ्नो एनएफटी खरिदका बारेमा यसो भनेको उल्लेख गरेको छ, ‘हाम्रो व्यवस्थापन टोली उच्च क्षमतायुक्त र अनुभवी कला सल्लाहकारहरु सँग साझेदारी गरिरहेको छ र टोलीले हाम्रा व्यापारको प्रवर्द्धनका लागि मात्र नभइ कलाकार तथा कला बजारलाई समर्थन गर्न हामी प्राविधिक गतिसँगै अगाडि बढ्नुपर्ने धारणा राख्दछ।’

TK Viber

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

Loading...