अमेरिकामा सार्वजनिक भएको ६ महिनापछि मात्र पीएस५ चीनमा प्रिअर्डर खुला

  • Technology Khabar | १७ बैशाख २०७८, शुक्रबार

काठमाडौं ।

पीएस ५ गेमिङ कन्सोल चीनमा मे १५ देखि खरिद गर्न पाइने‍ भएको छ। उक्त कन्सोल अमेरिकामा झण्डै ६ महिनाअघि सार्वजनिक भएको थियो।

सोनीका अनुसार उक्त कन्सोलको डिस्क भर्जनको खुद्रा मूल्य ६०० डलर तथा अलि सस्तो र डिस्क रहित मोडलको ४७९ डलर तोकिएको छ।

प्रिअर्डर खुलेको र उक्त डिभाइस बजारमा आएपछि यसले माइक्रोसफ्टका उत्पादनहरुलाई पछि पार्ने आकलन गरिएको छ।

यद्यपि, सीएनबीसीका अनुसार माइक्रोसफ्टले एक्सबक्स सिरिज एक्स र सिरिज एस सार्वजनिक गर्ने अनुमति पाइसकेको छ।

आकार तथा जनसङ्ख्याका हिसाबले हेर्दा चीन गेमिङ कन्सोलका लागि राम्रो बजार मानिँदैन। चीनमा २०१४ सम्म  गेमिङ कन्सोल अवैध मानिन्थ्यो।

अझै पनि अन्य देशसँगै चीनमा गेमिङ कन्सोल सार्वजनिक गर्न कानुनी झमेला छ। पीएस ४, एक्सबक्स वन र स्विच सबैले आफ्ना गेमिङ कन्सोल चीनमा सार्वजनिक गरेकामा निन्टेन्डो स्विच सबैभन्दा लोकप्रिय मानिन्छ।

तर पीएस५ चाँडै नआउनुमा भने यसको स्टकको अभाव भएको बुझिएको छ। विश्वव्यापी चिप अभाव तथा श्रृङ्खला आपूर्तिमा आएको समस्यामा कारण यसको चीनमा सार्वजनिक हुने समयमा प्रभाव पारेको हो।

तर सोनी इन्टरएक्टिभ इन्टरटेन्मेन्टका सीईओ जिम र्यानले हालै आफूले यस वर्षको उत्तरार्द्धमा स्टकमा सुधार आउने अपेक्षा राखेको बताएका छन्।


प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया