गुगल अर्जेन्टिनाको डोमेन २ पाउण्डमा आफ्नो नाममा आएपछि…

Technology Khabar १७ बैशाख २०७८, शुक्रबार

गुगल अर्जेन्टिनाको डोमेन २ पाउण्डमा आफ्नो नाममा आएपछि…

काठमाडौं ।

गुगल अर्जेन्टिनाको डोमेन नाम एक वेब डिजाइनरले २ डलरमा किनेका छन्।

गएको बुधबार उक्त साइट २ घण्टाका लागि काम नगर्ने भएको थियो भने त्यसपछि उक्त डोमेन उनको नाउँमा आएको हो।

निकोलस कुरोना नाम गरेका ३० वर्षीय ती डिजाइनरले सामान्य कानुनी प्रक्रियामार्फत् गुगल डट अर्जेन्टिना डट एआर आफ्नो नाउँमा ल्याएका हुन्।

‘मैले गुगलको डोमेन आफूले किन्न पाउँछु भन्ने कहिले पनि कल्पना गरेको थिइनँ’, कुरोनाले बीबीसीलाई बताए।

यस सम्बन्धमा गुगल अर्जेन्टिनाले भनेको छ, ‘केही समयका लागि हाम्रो डोमेन अन्य व्यक्तिको स्वामित्वमा गएको थियो।’ उसले उक्त डोमेन तुरुन्तै कम्पनीकै नाममा फिर्ता ल्याइसकेको दावी गरेको छ।

बुधबार बेलुकी कुरोना ब्यूनस आयर्सको काँठ क्षेत्रमा रहेको कार्यालयमा बसेर एउटा ग्राहकका लागि वेबसाइट गरिरहेका बेला यो घटना घटेको थियो।

त्यतिबेला उनको ह्वाट्सएपमा गुगल डाउन भएको मेसेज आयो। ‘मैले ब्राउजरमा डब्लूडब्लूडब्लू डट गुगल डट कम डट एआरमा जाँदा यसले काम गरेन’, उनले भने, ‘मैले केही अनाैठो हुन लागेको सोचेँ। ‘

त्यसपछि उनले डट एआर चलाउने इजाजत भएको नेटवर्क इन्फर्मेशन सेन्टरमा सम्पर्क गर्ने सोचे। उनले गुगलमा सर्च गर्दै गर्दा गुगल अर्जेन्टिनाको डोमेन बिक्रीमा रहेको भेटे।

उनले यतिकै निर्देशन पालना गर्दै गए र उनको मेलमा उक्त डोमेन उनको नाममा बिक्री भएको बिलसहितको जानकारी आयो। निकोलसले उक्त बिल बीबीसीलाई देखाए। बिल अनुसार गुगल अर्जेन्टिनाको डोमेन २७० पेसो अर्थात् २.९ डलरमा उनको स्वामित्वमा आएको थियो।

उनले गुगल डट कम डट एआर टाइप गर्दा उनको व्यक्तिगत विवरण देखियो।

‘म कम्प्युटर स्क्रीनमा हेरेको हेर्यै भएँ। भर्खरै जे भइरहेको थियो मैले विश्वास गर्न सकिहेको थिइनँ’, उनले बताए।

उनले यसो गर्नुमा आफ्नो कुनै गलत इरादा नभएको र एनआईसीले बिक्रीमा राखेकाले किनेको प्रस्ट पारेका छन्।

easy care

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार