ह्वावेको २०२१ को पहिलो त्रैमासिक व्यापारको परिणाम घोषणा, पूर्वानुमानअनुसार नै सुदृढ व्यवसाय

Technology Khabar १६ बैशाख २०७८, बिहीबार

ह्वावेको २०२१ को पहिलो त्रैमासिक व्यापारको परिणाम घोषणा, पूर्वानुमानअनुसार नै सुदृढ व्यवसाय
Classic Tech

ह्वावेले सन् २०२१ को पहिलो त्रैमासिकको लागि आफ्नो व्यापार परिणामको घोषणा गरेको छ जुन पूर्वानुमान गरिएको झैं पाइएको छ ।

पहिलो त्रैमासिकमा ह्वावेले १५२.२ बिलियन युआन राजस्व संकलन गरेको छ जुन वार्षिक रुपमा १६.५ प्रतिशतले घटेको हो । नोभेम्बर २०२० मा अनर स्मार्ट उपकरण ब्रान्ड बेचेको परिणामस्वरूप उपभोक्ता व्यवसायको राजस्व घटेको छ भने आफ्नो नेटवर्क व्यवसायले स्थिर रुपमा बृद्धि गरेको हो ।

ह्वावेले कुल नाफा मार्जिन ३.८ प्रतिशत पोइन्ट वार्षिक ११.१ प्रतिशतमा बृद्धि भएको छ- जुन कम्पनीको संचालन र व्यवस्थापन दक्षताको सुधारका लागि चलिरहेको प्रयास साथै ६०० मिलियन अमेरिकी डलरको रोयल्टी आयको परिणाम पनि हो ।

‘२०२१ हाम्रो लागि अर्को चुनौतीपूर्ण वर्ष हुनेछ तर यो फेरी हाम्रो भावी विकास रणनीतिले आकार लिने वर्ष हुनेछ,’ ह्वावेका रोटेटिंग अध्यक्ष एरिक झुले भने, ‘हामी हाम्रा ग्राहकवर्ग र साझेदारहरूको निरन्तर विश्वासका लागि धन्यवाद दिन्छौं । जस्तोसुकै चुनौती आए पनि हाम्रो व्यापारलाई बलियो राख्नेछौं । केवल टिकाउको लागि मात्र नभई दिगो रूपमा कार्य गर्नेछौं । सँधै जसरी हामी हाम्रा ग्राहकहरुको आवश्यकतामा ध्यान दिनेछौं र व्यावहारिक व्यापार भ्यालु प्रदान गर्न जारी राख्ने छौं ।’

ह्वावे ५जीको भ्यालु पूर्णरूपमा अगाडि ल्याउने कोशिस गर्दै छ । यसले विश्वभरका क्यारियरहरूलाई उपभोक्ता र उद्योगहरूको मागहरू एकसाथ पूरा गर्दै उनीहरूको फाइभजी नेटवर्क रोल आउट गर्न मद्दत पुर्याइरहेको छ जहाँ यसले डेलिभरी दक्षता बढाइरहेको छ । यसले आफ्नो सफ्टवेयर इञ्जिनियरिंग क्षमताहरू सुधार गर्न र सफ्टवेयर क्षेत्रमा लगानी बढाउने क्रम जारी राख्दछ र क्रमिक रूपमा यसको कुल राजस्व मिक्समा सफ्टवेयर र सेवाहरूको अनुपात वृद्धि गर्दछ ।

‘हामी बजारमा प्रतिबन्धको कारण आएको चुनौतीहरूको निरन्तर सामना गर्ने भएको हुँदा सधैं जस्तै हामी प्राविधिक इनोभेसन र आरएण्डीमा धेरै लगानी गर्न प्रतिबद्ध छौं,’ झुले भने, ‘हामी आधारभूत विज्ञानमा निरन्तर सफलता हासिल गर्ने छौं र टेक्नोलोजीको सीमालाई अगाडि बढाउने छौं ।’

TK Viber

प्रकाशित: १६ बैशाख २०७८, बिहीबार

Loading...