क्लासिक टेकले ल्यायो “तूफान”अफर, अनलाइन जब र अनलाइन क्लासलाई उपयोगी

Technology Khabar १६ बैशाख २०७८, बिहीबार

क्लासिक टेकले ल्यायो “तूफान”अफर, अनलाइन जब र अनलाइन क्लासलाई उपयोगी
Classic Tech

नेपालको अग्रणी तथा ठुलो ईन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेक प्रालिले आफ्नो तूफान अफर सार्वजनिक गरेको छ। कोभिडका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको हो। घरमा बसेर गरिने अनलाइन जब र अनलाइन क्लासलाई ध्यानमा राखी “तूफान” अफर सार्बजनिक गरेको कम्पनीले जानकारी दिएको छ।

उक्त अफरमा सेवाग्राहीले ५० एमबीपीएसदेखि १०० एमबीपीएससम्मको हाइ स्पिड ईन्टरनेट र फ्री आइपीटिभी पनि पाउनेछन्।

उक्त तूफान अफरमा ५० एमबीपीएस अन्तर्गत प्रतिमहिना रु.१,२५० को दरमा १ बर्षको लागि रु.१५,००० रुपैयाँ (भ्याट बाहेक) जसमा २ आइपीटिभी नि:शुल्क हेर्न पाइनेछ तथा ८० एमबीपीएस अन्तर्गत ३ आइपीटिभीसम्म प्रति महिना रु.१,४०० का दरले रु.१६,८०० र १०० एमबीपीएस अन्तर्गत ३ आइपीटिभी सम्म प्रती महिना रु. १,८०० को दरले रु.२१,६०० मा जडान गर्न सक्ने बताईएकोछ।

क्लासिकटेकको इन्टरनेट संग आइपीटिभीको ५० भन्दाबढी एचडी च्यानलहरु र १०० एसडी च्यानलहरु नि:शुल्क हेर्न पाउनुहुने छ। साथै सबै पुरानो तथा नयाँ टि.भी मा पनि युट्युब हेर्न पाउनु हुनेछ।

यति मात्र नभइ कम्पनीले आफ्नो पुरानो ग्राहकहरुको लागि रिचार्ज अन्तर्गत तूफान रिचार्ज अफर प्याकेज पनि सार्बजनिक गरेको छ। जस अन्तर्गत पुरानो ग्राहकहरु ले कुनै पनि प्याकेज तूफान ५० एमबीपीएस, तूफान ८० एमबीपीएस र तूफान १०० एमबीपीएस मा रिचार्ज गर्न पाउनु हुनेछ। ३० प्रतिशतसम्म क्यास डिस्काउन्ट प्राप्त गरी रु. १०,४५८ बचाउनु हुनेछ भने २ महिना बोनस पनि प्राप्त गर्नु हुने कम्पनीले जानकारी दिएको छ । साथै अन्य प्याकेज अफरहरुका लागि कम्पनीको सम्पर्क नम्बर ९८०१००४४७७ मा सम्पर्क गर्न सक्ने बताएको छ।

कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ म्यानेजर बिनय कुमार अधिकारीले इलेक्ट्रोनिक अत्याधुनिक डिजिटल प्राविधि आइपिभी६ मोडेलमा बिस्तार गराउन सफल क्लासिकटेक ईन्टरनेट कम्पनी भरपर्दो र गुणस्तरीय रहेको र यसै अनुसार सेवा दिइदै आएको बताए । ठुलो नेट्वर्क रहेको क्लासिकटेकले १०३ वटा शाखा बिस्तार गरि सेवा प्रबाह गरिरहेको जनाएको छ ।

TK Viber

प्रकाशित: १६ बैशाख २०७८, बिहीबार

Loading...