शाओमी नेपालले भन्यो- सर्भिस सम्बन्धि कुनै समस्या भए सिधै सम्पर्क गर्नुस्

Technology Khabar १६ बैशाख २०७८, बिहीबार

शाओमी नेपालले भन्यो- सर्भिस सम्बन्धि कुनै समस्या भए सिधै सम्पर्क गर्नुस्

काठमाडौं ।

शाओमीले आफ्ना मोबाइल फोन तथा डिभाइस प्रयोगकर्ताहरुलाई कुनै समस्या समाधान भएमा फोनमार्फत सम्पर्क गर्न भनेको छ ।

शाओमी नेपालले हालै ट्विटरमार्फत आफ्ना ग्राहकहरुलाई आफ्नो सर्भिस सेन्टरका लागि कुनै समस्याहरु भएमा सिधै फोनमार्फत सम्पर्क गर्न भनेको हो । निषेधाज्ञाका कारण घरमै बसिरहेका ग्राहकहरुको कुनै सर्भिस सम्बन्धि समस्या समाधान गर्ने बताएको छ ।

यसको लागि कम्पनीले तोकिएको नम्बर उपलब्ध गराउँदै त्यसमा भाइबर वा ह्वाट्सएपमार्फत आफ्नो गुनासो दर्ता गर्न सकिने जानकारी दिएको छ ।

शाओमी नेपालले निषेधाज्ञासँगै आफ्ना सबै सेन्टरहरु बन्द रहेको जानकारी समेत दिएको छ ।

easy care

प्रकाशित: १६ बैशाख २०७८, बिहीबार

ताजा समाचार