सामसङका थप तीन डिभाइसमा एन्ड्रोइड ११ अपडेट उपलब्ध, कुन कुन परे?

Technology Khabar १६ बैशाख २०७८, बिहीबार

सामसङका थप तीन डिभाइसमा एन्ड्रोइड ११ अपडेट उपलब्ध, कुन कुन परे?

काठमाडौं ।

सामसङले हालै तीन नयाँ डिभाइसहरुका लागि पनि एन्ड्रोइड ११ अपडेट सार्वजनिक गरेको छ।

हालै एन्ड्रोइड ११ अपडेट उपलब्ध गराइएका डिभाइसहरुमा ग्यालेक्सी एम०१, ग्यालेक्सी ए४१ र ग्यालेक्सी ट्याब ए७ रहेका छन्।

ग्यालेक्सी एम०१ का लागि एन्ड्रोइड ११ अपडेटको भर्जन नम्बर M015GXXU3BUD9 रहेको छ भने डाउनलोड गर्नका लागि यसको साइज १.४ जीबी ठाउँ ओगट्छ।

यसमा अप्रिल २०२१ को एन्ड्रोइड प्याच तथा वन यूआईको हलुका भर्जन यूआई ३.१ कोर समावेश गरिएको छ।

ए४१ मा पनि एन्ड्रोइड ११ अपडेटका क्रममा एम०१ मा जस्तै यूआई ३.१ कोर तथा एन्ड्रोइडको अप्रिल २०२१ भर्जन प्रयोग गरिएको छ। यसको बिल्ड भर्जन A415FXXU1CUD4 रहेको छ। यो अपडेट हाल रुसमा शुरु भएको छ भने छिट्टै अन्य देशहरुमा पनि विस्तार हुने बुझिएको छ।

यस्तै ग्यालेक्सी ट्याब ए७मा पनि एन्ड्रोइड ११ अपडेटका साथमा यूआई कोर ३.१ रहनेछ भने यसमा अन्य दुई डिभाइसभन्दा पुरानो मार्च २०२१ एन्ड्रोइड प्याचको प्रयोग गरिएको छ।

यसको अपडेट भर्जनको नम्बर T505XXU3BUD7 रहेको छ र यो हाल बेलायत तथा यूरोपेली देशहरुका एलटीई भेरियन्ट भएका मोडलहरुमा SM-T505 मोडल कोडसहित उपलब्ध रहेका बुझिएको छ।

Global Bank
easy care

प्रकाशित: १६ बैशाख २०७८, बिहीबार

ताजा समाचार