माइक्रोसफ्ट टिम्स एपका प्रयोगकर्ताहरु १४ करोड ५० लाख

Technology Khabar १६ बैशाख २०७८, बिहीबार

माइक्रोसफ्ट टिम्स एपका प्रयोगकर्ताहरु १४ करोड ५० लाख

काठमाडौं ।

माइक्रोसफ्टको भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्म माइक्रोसफ्ट टिम्स कम्युनिकेसन्स एपका प्रयोगकर्ताहरु अब १४ करोड ५० लाख पुगेका छन्। यो २६ प्रतिशतले बृद्धि भएको छ ।

गत अक्टूबर २०२० मा महामारीको समयमा टिम्सको प्रयोग ११५ मिलियन दैनिक सक्रिय प्रयोगकर्ताहरुले गरिरहेको माइक्रोसफ्टले खुलासा गरेको थियो । टिम्सको उपयोग बितेको बर्षमा बढेको छ भने टिम्स, स्ल्याक, र जूम जस्ता सेवाहरुको बजारमा बृद्धि भएको छ।

१४ करोड ५० लाखको आंकडालाई हेर्दा महामारीको सुरूवातमा माइक्रोसफ्ट टिम्समा करिब ३ करोड २० लाख दैनिक प्रयोगकर्ताहरू थिए।  केहि सातामा नै यो ह्वात्तै बढेर ७ करोड ५० लाख प्रयोगकर्ताहरु भएका थिए र यी संख्या महामारीको शुरुका दिनहरू भन्दा पनि दोब्बर भन्दा बढी भएका थिए।

यो निकै प्रभावशाली वृद्धि हो, किनकी माइक्रोसफ्टले एक वर्षमै क्लाउडमा जान र टिम्स अपनाउनका लागि बजारमा आक्रामक रूपमा व्यवसायहरूलाई धक्का दिइरहेको छ।

तर माइक्रोसफ्ट टिम्सको यो तथ्याङ्कलाई अन्य प्रतिस्पर्धीहरुसँग तुलना गर्न भने कठिन छ । किनकी प्रतिस्पर्धीहरु गुगलले मिट र जूमले आफ्ना तथ्याङ्क सार्वजनिक गर्दैनन् । एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: १६ बैशाख २०७८, बिहीबार

ताजा समाचार