एचडीसी क्लाउड २०२१: ह्वावेद्वारा छ ओटा नवीन उत्पादनहरु जारी

Technology Khabar १५ बैशाख २०७८, बुधबार

एचडीसी क्लाउड २०२१: ह्वावेद्वारा छ ओटा नवीन उत्पादनहरु जारी
Classic Tech

ह्वावे डेभ्लपर कन्फेरेन्स २०२१ मा, ह्वावेले छ वटा इनोभेटिभ उत्पादन र सेवाहरू प्रवर्तन गरेको छ जसमा ह्वावे क्लाउड सीसीई टर्बो क्लाउड कन्टेनर क्लस्टर, क्लाउडआईडीई इन्टेलिजेन्ट प्रोग्रामिङ असिस्टेन्ट, गसडीबी डाटाबेस, विश्वासिलो इन्टेलिजेन्ट कम्प्युटिंग सेवा टिआईसीएस, पंगु मोडल (विश्वको सबैभन्दा ठूलो चिनियाँ एनएलपी मोडेल र सीभी मोडेल सहित) र विविध कम्प्युटिंगको लागि पूर्वाधार सफ्टवेयर रहेको छ ।

यी छ उत्पादनहरूले दक्षता र गुणस्तरलाई नयाँ स्तरमा पुर्याई डेभ्लपरहरुलाई नयाँ आयामहरू तिर लाग्न मद्दत गर्दछ । ह्वावेले यस बर्षमा आफ्नो ह्वावे डेभ्लपर प्रोग्राम २.० मा २२० मिलियन अमेरिकी डलरको लगानी पनि घोषणा गरेको छ ।

ह्वावे डेभ्लपर प्रोग्राम २.० मा भर्खरै घोषित ह्वावे क्लाउड पार्टनर इनोभेशन प्रोग्राम, कुन्पेग ओपनमाइन्ड प्रोजेक्ट र एसेन्ड ओपनमाइन्ड प्रोजेक्ट शामिल हुनेछ । यि भरिपूर्ण प्याकेजले ह्वावे क्लाउड, कुन्पेग र एसेन्डको वरिपरि रही लगातार मजबुत इकोसिस्टमलाई बढावा दिन मद्दत गर्नेछ ।

एचडीसी डट क्लाउड २०२१ चीनको शेन्जेनमा युनिभर्सिटी टाउनमा आयोजना हुन्छ । तीन दिने कार्यक्रममा किनोट स्पिचहरु, प्राविधिक शिखर सम्मेलन, प्रशिक्षण शिविर, कोड प्रयोगशाला, डेभ्लपर कार्निभल र एक विशेष किसिमको फोरम जसमा शिक्षक, युवा प्रतिभा र ह्वावे लुमिनरिज् सामेल भएको हुनेछ ।

यो कार्यक्रमले क्लाउड, एआई, कम्प्युटिंग र ओपन सोर्सका पछिल्ला ट्रेन्डहरू छलफल गर्न उद्योगको शीर्ष दिमाग, शिक्षाविद्को प्रतिभा साथै डेभ्लपर इकोसिस्टमका लिडरहरू एकै ठाउँ ल्याउँछ ।

रिचर्ड यू, ह्वावेका कार्यकारी निर्देशक र ह्वावेका क्लाउड बीयू तथा उपभोक्ता व्यापार समूहका सीईओले कार्यक्रमको उद्घाटन एक किनोट स्पिचबाट गरे । उनले भने , “२०२५ सम्ममा विश्वका १००% उद्यमहरूले क्लाउड टेक्नोलोजीको प्रयोग गर्ने छन् । क्लाउड आईसीटी उद्योगको भविष्य हो र उद्यमहरूको डिजिटल रूपान्तरणको आधार हो । डेभ्लपरहरू उद्योगको आत्मा हुन् । ह्वावेले आफ्नो टेक्नोलोजिकल इनोभेसन क्षमताहरू अगाडि ल्याउन जारी राख्नेछ र डेभ्लपर र साझेदारहरूसँग क्लाउड र ब्यापारिक इन्टेलिजेन्ट रूपान्तरणको गति बढाउनको लागि कार्य गर्नेछ । ”

क्लाउड नेटिभ र एआई का लागि ६ अभिनव उत्पादनहरू

क्लाउड नेटिभ र एआई टेक्नोलोजीहरूको विकास र प्रयोग भए संगै उद्योगहरूले अल–सिनारियो इन्टेलिजेन्समा स्तरवृद्धि गर्दैछ । तीन अवसरहरू देखा पर्नेछः अनुप्रयोग आधुनिकीकरण, डाटा संयोजन र एआई औद्योगिक विकास । ह्वावेका छ वटा नयाँ उत्पादनहरूले डेभ्लपरहरूलाई यस प्रक्रियाको दौरान अवसरहरूको लागि राम्रो स्थान लिन मद्दत गर्दछ।

ह्वावे क्लाउड सीसीई टर्बोः ईन्टरप्राइज अनुप्रयोग इनोभेसनको गति बढाउने

कन्टेनर्राइजेसन एप्लिकेसन आधुनिकीकरणको लागि महत्वपूर्ण छ । कन्टेनरहरू इन्टरप्राइज कोर प्रणाली र इनोभेटिभ सेवाहरूमा व्यापक रूपमा प्रयोग हुने हुँदा उद्यमहरूको कन्टेनर प्रदर्शन, लचिलोपन र स्केजुलिङ क्षमताको अपेक्षाहरू बृद्दी हुँदै गइरहेका छन् । ह्वावे क्लाउड सीसीई टर्बोले कम्प्युटिंग, नेटवर्क र स्केजुलिङको गति बढाउँदछ ।

छरितो कम्प्युटिंगका लागि सीसीई टर्बो उद्योगमा केवल एक मात्र कन्टेनर क्लस्टर हो जसले शून्य नोक्सानका साथ सर्भर स्रोत वा प्रदर्शनको पूर्ण कन्टेनर कम्पोनेन्ट अफलोड लाई फिचर गर्दछ । यस विशेषताले ख्क्ष्एप्ष्म, एक अग्रणी शिक्षण कम्पनीलाई ४०% सम्म अडियो र भिडियो सेवा प्रदर्शन सुधार गर्न मद्दत गर्दछ । यसले अनलाइन क्लासहरूमा शून्य फ्रेम फ्रीजको साथ प्रयोगकर्ताको अनुभवलाई कुनै बाधा बिना चलाउँदछ ।

छरितो नेटवर्कको लागि सीसीई टर्बोको इनोभेटिभ कन्टेनर पास थ्रु नेटवर्कले दुई–तह नेटवर्कलाई एकल तह नेटवर्कमा रूपान्तरण गर्दछ । एण्ड–टु–एण्ड कनेक्सनमा समय आधा लाग्छ – यसको मतलब हजारौं कन्टेनरहरूको क्षमता विस्तार सेकेन्डमा गर्न सकिन्छ – र लाटेन्सी ४०% ले घटाएको छ । यसले चीनको अग्रणी सोशल मिडिया कम्पनी सिना कर्पलाई ट्राफिक बृद्धि सामना गर्न मद्दत पुर्याएको छ ।

छरितो स्केजुलिङको लागि सीसीई टर्बोले विभिन्न एप्लिकेसन मोडेलहरू र नेटवर्क टोपोलोजीहरू सेन्स गर्दछ, स्वचालित रूपमा कार्य तालिका नीतिलाई अनुकूलन गर्दछ र ठूलो स्केलमा हाइब्रिड डिप्लोयमेन्ट लागू गर्दछ र अफलाइन र अनलाइन सेवाहरूको इन्टेलिजेन्ट सेड्यूलिंग ठूलो–स्केलको समवर्ती तालिका क्षमताको आधारमा प्रति सेकंड १०,००० कन्टेनर लागू गर्दछ, एआई–ड्रिभन इमेज र भिडियो प्रोसेसिङ विशेषज्ञता भएका चीनको शीर्ष इन्टरनेट उद्यमहरू मध्ये मेइतलाईु कन्टेनर क्लस्टरहरूको संसाधन उपयोग ४०% ले सुधार गर्न मद्दत गर्दछ ।

ह्वावे क्लाउड आईडीई: डेभ्लपरहरूको लागि एक इन्टेलिजेन्ट प्रोग्रामिंग सहायक

क्लाउड आईडीई ले डेभ्लपरहरूलाई एक हल्का र छिटो प्रोग्रामिंग अनुभव प्रदान गर्दछ, तिनीहरूलाई कुनै पनि समय, कहीँ पनि र कुनै पनि टर्मिनलमा इन्टेलिजेन्ट अनलाइन प्रोग्रामिंग गर्न सक्षम गर्दछ । यसले निम्न सुविधाहरूलाई समर्थन गर्दछ।

ड्ड स्मार्टएसिस्ट को इन्टेलिजेन्ट कोड कम्प्लिसन टेक्नोलोजीका कारण नै क्लाउड आईडीई ले सम्पूर्ण परिणामहरू फेला पार्न र सम्भावित परिणामहरू निर्धारण गर्न सक्दछ र बहु–प्रतीक र लामो परिणामहरूको शुद्धतामा सुधार गर्न सक्दछ ।

ड्ड यसले जटिल संदर्भहरूको समाप्तिलाई र अस्पष्ट तेस्रो–पार्टी एपीआई पनि समर्थन गर्दछ ।
ड्ड पुरानो, अप्रचलित र खतरनाक एपीआई को सिफारिशलाई स्वचालित रूपमा वेवास्ता गरेर यसले तपाईंको कोडलाई अधिक बलियो र सुरक्षित बनाउँदछ ।

ह्वावे क्लाउड गसडीबी (ओपनगसको लागि) डेटाबेसस् क्लाउडमा उद्यम कोर डाटा सार्नको लागि एक विश्वसनीय विकल्प
एउटा उद्यमलाई साँच्चिकै क्लाउडमा जान र डेटा–संचालित बन्नको लागि एउटा महत्वपूर्ण चरण भनेको यसको डाटाबेसलाई क्लाउडमा सार्नु हो । परम्परागत डेटाबेस विपरीत, ह्वावे क्लाउड गसडीबी ९ओपनगसका लागि० का निम्न तीन विशेषताहरू छन्।

ड्ड उच्च प्रदर्शन स् यसको ट्रान्जाक्सन प्रशोधन क्षमता उद्योगमा एउटै खाले उत्पादनहरुको तुलनामा ५४% बढी छ र यसको जटिल क्वेरी लेटेन्सी समान उत्पादनहरु भन्दा ८२% कम छ ।

ड्ड अधिक लचिलो स् अधिक ट्राफिक भएको बेला कम्प्यूटिंग नोडहरु एकै मिनेटमा विस्तार गर्न सकिन्छ र स्टोरेज क्षमता पनि केही सेकेन्ड मै विस्तार गर्न सकिन्छ । विस्तार प्रक्रियाले सेवाहरूमा बाधा पुर्याउँदैन ।
ड्ड उच्च उपलब्धतास् जब एउटा बिन्दुमा असफलता देखिन्छ, एकल स्विच टर्बो टेक्नोलोजी १० सेकेन्ड भित्र स्विचओवर सुनिश्चित गर्दछ (यसको समकक्षीहरूलाई लागेको आवश्यक समयको एक तिहाइ भन्दा कम समय लाग्ने) र जियो–रिडन्डान्ट डीआर क्षमता प्रदान गर्दछ ।

विश्वस्त इन्टेलिजेन्ट कम्प्युटिंग सेवा ९टीआईसीएस० स् सुरक्षा सुनिश्चितसँगै डाटा अनलक गर्दै
उत्पादनको एक प्रमुख कारकको रूपमा डाटाको भ्यालु अधिक बढाउन डाटा फेक्जीबल तरिकाले प्रवाह हुन पर्दछ । जे होस् वास्तविकतामा खुलापन, साझेदारी र सर्कुलेसन महसुस गर्न अझै गाह्रो हुन सक्छ । ह्वावे क्लाउड त्क्ष्ऋक् ले सुरक्षित डेटा प्रवाह र डाटा भ्यालु अधिक बढाउन सक्षम पारेर डाटाको इनोभेटिभ र रूपान्तरित अनुप्रयोगहरूको लागि सुरक्षा प्रदान गर्दछ । यससँग निम्न सुविधाहरू छन्।

ड्ड बहु–पार्टी एकजुट डाटा अन्वेषण र मोडेलिङको आधारमा यसले गोप्य डाटालाई उचित ठाउँमा राखेर, डाटा प्रयोगयोग्य तर अदृश्य राखदछ ।

ड्ड एक एकजुट एआई एल्गोरिदम र होमोर्मोफिक इन्क्रिप्शन एल्गोरिदम, सहयोगी अप्टिमाइजेसनको लागि प्रयोग गरिन्छ । उदाहरणको लागि, इन्क्रिप्टेड डाटाको ब्याच कम्प्युटिंग मोडेल प्रशिक्षणको बेला गरेर एक्सेलेटर कार्ड बिना प्रशिक्षण प्रदर्शन दस गुणा सुधार गर्दछ ।

ड्ड यसले कन्भर्सन बिना नै केहि बिग डाटा एप्लिकेशन सिनारियो अनुकूलन गर्दै सबैभन्दा बढी प्रयोग गरिएको डाटा स्रोतहरूको साथ अन्तरक्रियालाई सहयोग गर्दछ ।

ह्वावे क्लाउड पंगु मोडलस् विश्वको सबैभन्दा ठूलो चिनियाँ एनएलपी मोडल र भिजन पूर्व–प्रशिक्षित मोडल समावेश एआई उत्पादकताको नयाँ चालक बन्न पुगेको छ तर एआई को उत्पादकत्वको पूर्ण क्षमतालाई गम्भीरतापूर्वक रोक्दै ब्क्ष् विकास अझै प्राथमिक अवस्थामा छ ।

‘प्रि–ट्रेनिंग’ डाउनस्ट्रीम फाइन–ट्यूनिङ’ को औद्योगिक एआई विकास मोडेलमा आधारित पंगु मोडेलले विस्तृत उद्योगहरूमा एआई को गति प्रदान गर्दै छ र समावेशी एआई लाई वास्तविकता बनाउँदैछ । यो सँग तीन विशेषताहरू छन्ः मजबूत सामान्यीकरण क्षमता, सानो–नमूना शिक्षा र उच्च मोडेल शुद्धता । एकल मोडल धेरै जटिल उद्योगको परिदृश्यहरूमा लगाउन सकिन्छ र सानो संख्याको नमूनाहरू भए पनि उच्च शुद्धता प्राप्त गर्न सक्दछ ।

यो सीएएनएन हेटेरोजिनियस कम्प्यूट आर्किटेक्चर र माइन्डस्पोर अल–सिनारियो एआई कम्प्यूटिंग फ्रेमवर्कको अन्तर्निहित अनुकूलनमा आधारित छ र प्रदर्शन र यसले उपयोगितामा महत्वपूर्ण सफलताहरूको प्रतिनिधित्व गर्दछ ।

पंगु मोडेलमा चार प्रकार समावेश रहेको छ जसले प्राकृतिक भाषा प्रसंस्करण (एनएलपी), कम्प्युटर भिजन (सीभी), बहु–मोडल मोडेलहरू र वैज्ञानिक कम्प्युटिंगको परिदृश्यहरूको आवश्यकतालाई सम्बोधन गर्दछ । भर्खरै जारी गरिएको पंगु एनएलपी मोडेल उद्योगको पहिलो चिनियाँ एनएलपी मोडेल हो जसमा सयौं अरबौं प्यारामिटर छ र पंगु सीभी मोडेल उद्योगको सबैभन्दा ठूलो सीभी मोडेल हो । चाईनिज लाङ्गवेज अन्डरस्टान्डिंग इभ्यालुएसन ९सीएलयूई० बेन्चमार्कमा पंगु एनएलपी मोडेल सीएलयूई को र्याङ्किंङ, सीएलयूई क्लासिफिकेसन र्याङ्किङ र सीएलयूई मसिन रीडिंग र्याङ्किङमा शीर्ष स्थानमा आएको थियो ।

इन्फ्रास्ट्रक्चर सफ्टवेयरः विविध कम्प्युटिंगलाई सक्षम पार्दै

क्लाउड इनोभेसन इन्फ्रास्ट्रक्चर सफ्टवेयर, रूट टेक्नोलोजीहरू जस्तै अपरेटिंग प्रणाली, डाटाबेस र मिडलवेयरको समर्थनमा निर्भर गर्दछ । ह्वावेले विविध कम्प्युटिंग पावर सक्षम गर्न र ह्वावे क्लाउड इनोभेसनलाई समर्थन गर्न अपरेटिंग सिस्टम, इन्टरप्राइज–ग्रेड डाटाबेस र अल–सिनारियो ब्क्ष् कम्प्युटिंग फ्रेमवर्क सहितको एक सुसम्पन्न आधारभूत कम्प्युटिंग सफ्टवेयर सेट बनाएको छ ।

ह्वावे डेभ्लपर प्रोग्राम २.० मा २२० मिलियन अमेरिकी डलर लगानी र ह्वावे क्लाउड पार्टनर इनोभेसन कार्यक्रमको सुरूवात

एचडीसी डट क्लाउड २०२१ मा ह्वावेले आफ्नो ह्वावे डेभ्लपर प्रोग्राम २.० मा २२० मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ र ह्वावे क्लाउड पार्टनर इनोभेसन प्रोग्राम, कुन्पेग ओपनमेन्ड प्रोजेक्ट र एसेन्ड ओपनमाइन्ड प्रोजेक्ट लगायतका पहलहरु शुरू गरेको छ ।

ह्वावे क्लाउड बीयू र उपभोक्ता क्लाउड सेवाका अध्यक्ष झांग पिंगआनले भन्नुभयो कि एसएएएस र आईएसभी पार्टनरहरूलाई सक्षम बनाउन र क्लाउड स्रोतहरू, प्रविधि सक्षमता र व्यापार प्रवर्धन समर्थन प्रदान गर्न तिर ध्यान दिई ह्वावेले ह्वावे क्लाउड पार्टनर इनोभेसन कार्यक्रममा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने छ ।

कार्यक्रमले ६ प्राविधिक क्षेत्र ओगट्ने छ जसमा कन्टेनर-माइक्रोसर्भिस, एसएएएस, बिग डाटा, एआई, भिडियो र इन्टेलिजेन्ट एज समेटिएको छ ।

२०१५ मा ह्वावे डेभ्लपर कार्यक्रमको सुचारु भए देखि ह्वावे ओपन हार्डवेयर, ओपन सोर्स सफ्टवेयर, पार्टनर सक्षमता र प्रतिभा विकासको दर्शनमा प्रतिबद्ध छ किनकि यसले निरन्तर समृद्ध उद्योग ईकोसिस्टम निर्माण गर्ने कार्य गर्दछ । अहिले सम्म, ह्वावे क्लाउड, कुनपेग र एसेन्डले २.४ मिलियन डेभ्लपरहरू आकर्षित गरिसकेका छन् । ह्वावे क्लाउड क्ष्बबक् चीनमा नम्बर २ र विश्वमा नम्बर ५ को स्थानमा छ जसले गर्दा यो सबैभन्दा द्रुत बृद्धि हुने मेनस्ट्रिम क्लाउड विक्रेता बनेको छ ।

कुन्पेंग मदरबोर्डमा आधारित पार्टनर–सिप्ड उत्पादन २०२० मा कुल कुन्पेंग–आधारित उत्पादनको ढुवानी ५२% रहेको थियो । तीन ओपल सोर्स समुदायहरु ओपनयूलर, ओपनगस, र माइण्डस्पोर अपरेटिंग प्रणाली, डाटाबेस र एआई फ्रेमवर्क वरिपरि निर्मित छन् ।

यी समुदायहरू अब आकार लिई रहेका छन् र फस्टाइरहेका छन् । ह्वावेले चीनको शिक्षा मन्त्रालयसँग मिलेर प्रतिभा केन्द्रित शिक्षाको लागि एक इन्टेलिजेन्ट आधार निर्माण गर्न काम गरेको छ । हालसम्म, ह्वावेले चीनमा ७२ विश्वविद्यालयहरुसंग काम गरिरहेको छ, १,००० भन्दा बढी कोर्सहरु प्रदान गर्दै छ, १,५०० भन्दा बढी शिक्षकहरुलाई प्रशिक्षण दिँदै छ र कम्पनीले आगामी पाँच बर्षमा ३ मिलियन विश्वविद्यालयका डेभ्लपरहरुलाई सफ्टवेयर विकास प्रशिक्षण प्रदान गर्ने योजना बनाएको छ ।

विश्वव्यापी डेभ्लपरहरूको लागि ह्वावेको आईसीटी पूर्वाधार व्यवसायको वार्षिक कार्यक्रम, ह्वावे डेभ्लपर कन्फिरेन्स ९एचडीसी डट क्लाउड० २०२१ अप्रिल २४ देखि २६, २०२१ सम्म चीनको दक्षिण तटमा रहेको शहर शेन्जेनमा आयोजना भएको थियो ।

‘यू मेक अल द डिफ्रेन्स’ थिम गरिएको यस कार्यक्रमले उद्योगका अग्रज, ह्वावे वैज्ञानिक, शीर्ष विज्ञ, युवा प्रतिभा र डेभ्लपरहरूलाई नयाँ आईसीटी टेक्नोलोजीहरू जस्तै क्लाउड, कम्प्युटिंग र एआईजस्ता सबै उद्योगहरूमा इनोभेसन र प्रयोगको बारेमा छलफल गर्न एकतृत गर्दछ । प्रत्येक डेभ्लपरको एक महत्वपूर्ण भूमिका छ किनकि विश्व इन्टेलिजेन्ट युगतिर अगाडि बढ्दै छ । सबै डेभ्लपरहरुले वास्तविक फरक ल्याउँदछन् ।

TK Viber

प्रकाशित: १५ बैशाख २०७८, बुधबार

Loading...