एनआईसी एशिया बैंकको ‘क्वीक पे’ सार्वजनिक, व्यवसायीले लिंकबाटै डिजिटल भुक्तानी लिनसक्ने

Technology Khabar १५ बैशाख २०७८, बुधबार

एनआईसी एशिया बैंकको ‘क्वीक पे’ सार्वजनिक, व्यवसायीले लिंकबाटै डिजिटल भुक्तानी लिनसक्ने
Classic Tech

एनआईसी एशिया बैंकले साना तथा मझौला व्यवसायीहरूका एपिआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने नेपालको बैंकिङ्ग क्षेत्रमा नै पहिलो पटक अत्यन्तै प्रभावकारी क्वीक पे (‘Quick Pay’) सेवाको सुरुवात गरेको छ ।

हस्पिटालिटी, ट्राभल/टुर्स, टेलिमेडिसिन, अनलाईन शिक्षा, साना तथा मझौला व्यवसाय जस्ता क्षेत्रमा आफ्नो व्यवसाय अगाडी बढाइरहनुभएका व्यवसायीहरूलाई लक्षित गर्दै बैंकले सुरुवात गरेको क्वीक पे सेवामार्फत बिक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षित रुपमा भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।

बैंकबाट क्वीक पे सेवा लिन चाहने व्यवसायीहरूले बैंकसमक्ष पुगी सम्झौता गरेपश्चात् बैंकले उनीहरूलाई भुक्तानी लिने लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन मिल्ने प्लेटफर्म उपलब्ध गराउनेछ भने उक्त प्लेटफर्मको प्रयोग गरेर मर्चेन्टहरूले ईमेल, एसएमएस (SMS) तथा सामाजिक सञ्जालका मेसेन्जर एपमार्फत भुक्तानी लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन सक्नेछन् ।

उपभोक्ताहरूले आफ्नो ल्यापटप वा कम्प्युटर वा स्मार्टफोनमा प्राप्त भएको लिंक क्लिक गरी कार्ड, मोबाइल बैंकिङ्ग एवं इन्टरनेट बैंकिङ्गमार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा तत्काल सहज तरिकाले रकम भुक्तानी गर्न सक्ने बताईएको छ ।

अनलाईन भुक्तानी सेवामा आबद्ध नहुनुभएका ई–कमर्श कम्पनीहरूले क्वीक पे को माध्यमबाट भुक्तानी लिनुका साथै अफलाईन व्यवसाय गरिरहनुभएका व्यवसायीहरूले समेत यस माध्यमबाट भुक्तानी लिई मुलुकलाई डिजिटल कारोबारतर्फ अग्रसर गराउन सक्ने बैंकले उल्लेख गरेको छ । यस Quick Pay सेवाले अनलाईन र अफलाईन भुक्तानीको बीच गतिशील पुलको रुपमा काम गर्दै डिजिटल कारोबारलाई एउटा नयाँ उचाइमा पुर्याउन अर्थपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

हाल यस बैंकमार्फत कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे साइबरसोर्स (Cybersource), NIC ASIA MoBank तथा अन्य अनलाईन भुक्तानीका माध्यमबाट डिजिटल कारोबारको सेवा उपलब्ध भएकोमा यस Quick Pay सेवाको सुरुवातले देशमा डिजिटल भुक्तानीको प्रवद्र्धनमा सघाउन ठोस टेवा पुग्नेछ ।

हाल देशव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कम गर्नका लागि नगद कारोबारको सट्टा डिजिटल कारोबार अवाञ्छनीय भएकोले समेत बैंकले ल्याएको ‘Quick Pay’ सेवा अत्यन्तै सुरक्षित तथा प्रभावकारी रहने बैंकको अपेक्षा छ ।

TK Viber

प्रकाशित: १५ बैशाख २०७८, बुधबार

Loading...