१५.६ इन्चको एलजी ग्राम नोटबुक ल्याउँदै एलजी

Technology Khabar १४ बैशाख २०७८, मंगलवार

१५.६ इन्चको एलजी ग्राम नोटबुक ल्याउँदै एलजी
Classic Tech

एलजी इलेक्ट्रोनिक्सले आउँदो महिना १५.६ इन्चको एलजी ग्राम नोटबुक कोरियामा सार्वजनिक गर्ने बताएको छ।

दक्षिण कोरियाली टेक जायन्टले एलजी ग्राम १५ मा १६x९ आस्पेक्ट रेशियोसहितको फुल एचडी डिस्प्ले रहने जानकारी दिएको छ।

गत डिसेम्बरमा सार्वजनिक भएको २०२१ मोडलको एलजी ग्राम १६ मा स्क्रीनको आस्पेक्ट रेशियो १६x१० रहेको थियो भने यो क्यूभीजीए आईपीएस प्यानल थियो।

एलजीले १६x९ आस्पेक्ट रेशियो चलाइरहेका प्रयोगकर्ताका लागि यो १५.६ मोडलको नोटबुक ल्याउन लागेको जनाएको छ।

यसको तोल ११२० ग्राम हुने र यसमा ८० वाटआवरको ब्याट्री रहने जनाइएको छ। नोटबुकमा इन्टेलको जेन ११ टाइगरलेक सीपीयू राखिनेछ जसले यसअघिको जेन १० सीपीयूभन्दा २० गुणा छिटो डाटा प्रशोधन गर्ने क्षमता राख्दछ। नयाँ ग्रामको बेजल अति नै पातलो हने तथा यसको हिन्जहरु नदेखिने गरी बनाइएको कम्पनीको दावी छ।

यो चिपमा आइरिस एक्सई जीपीयू पनि रहेको छ।

TK Viber

प्रकाशित: १४ बैशाख २०७८, मंगलवार

Loading...