नासाको ‘मून ल्याण्डर’ को ठेक्का स्पेशएक्सले पाएकोमा ब्लु ओरिजिनको आपत्ति

Technology Khabar १४ बैशाख २०७८, मंगलवार

नासाको ‘मून ल्याण्डर’ को ठेक्का स्पेशएक्सले पाएकोमा ब्लु ओरिजिनको आपत्ति
Classic Tech

नासाले २ अर्ब ९० करोड डलरको मून ल्याण्डर कन्ट्र्याक्ट स्पेशएक्सलाई दिएकोमा ब्लु ओरिजिनले आपत्ति जनाएको छ।

अर्बपति तथा अमेजनका संस्थापक जेफ बेजोसद्वारा सञ्चालित अन्तरिक्ष रकेट कम्पनी ब्लु ओरिजिनले आफ्नो प्रतिस्पर्धी एलन मस्कले उक्त ठेक्का पाएकोमा असहमति जनाएका हुन्।

ब्लु ओरिजिनले सोमबार संघीय सरकार सुशासन कार्यालयमा नासाले अन्तिम समयमा ठेकेदारहरुको हेरफेर गरी स्पेसएक्सलाई ठेक्का दिएको आरोप लगाउँदै उजुरी दर्ता गरेको हो।

नासाले यसै महिनाको शुरुवातमा स्पेसएक्सलाई सन् २०२४ सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन एउटा अन्तरिक्ष यान निर्माण गर्ने ठेक्का दिएको थियो। यसमा सहभागी ब्लु ओरिजिन तथा डाइनेस्टिक इंकलाई पाखा लगाएर स्पेसएक्सले ठेक्का पाएको थियो।

उक्त परियोजना १९७२ पछि पहिलोपटक चन्द्रमामा मानिससहितको अन्तरिक्ष यान पठाउनका लागि अगाडि ल्याइएको हो।

‘नासाले अन्तिम समयमा नियम हेरफेर गरेर चन्द्रमामा मानिस पठाउने परियोजनाको ठेक्का दिएको छ’, ब्लु ओरिजिनले इमेलमार्फत भनेको छ, ‘उनीहरुको निर्णयले प्रतिस्पर्धाको अवसरलाई नजरअन्दाज गरेको छ। यसबाट सप्लाइ बेस साँघुरिने मात्र नभइ अमेरिकाको चन्द्रमामा फर्कने योजनामा ढीलासुस्ती र खतरासमेत बढाएको छ। यसैकारण हामीले उजुरी दिएका हाैं।’

मस्कको स्पेसएक्सले एकलै तथा ब्लु ओरिजिनले लकह्वीड मार्टिन कर्प, नर्थर्प ग्रुम्यान कर्प तथा ड्रेपरसँग मिलेर ठेक्का हालेका थिए।

हालै ब्लु ओरिजिनले ५० पेजको उजुरी हालेको न्यूयोर्क टाइम्सले जनाएको छ।

TK Viber

प्रकाशित: १४ बैशाख २०७८, मंगलवार

Loading...