के हो स्मार्ट टेलिकमको २०० प्रतिशतसम्म बोनस पाइने ‘एक्स्ट्रा रिचार्ज’?

Technology Khabar १४ बैशाख २०७८, मंगलवार

के हो स्मार्ट टेलिकमको २०० प्रतिशतसम्म बोनस पाइने ‘एक्स्ट्रा रिचार्ज’?
Classic Tech

स्मार्ट टेलिकममा रिचार्ज गर्दा २०० प्रतिशतसम्म बोनस पाइने ‘स्मार्ट एक्स्ट्रा रिचार्ज’ अफर सञ्चालित छ।

यो अफरअन्तर्गत प्रयोगकर्ताले १०० रुपैयाँभन्दा माथिको रिचार्ज गर्दा २०० प्रतिशतसम्म बोनस ब्यालेन्स पाउँछन् जसलाई स्मार्ट टेलिकमकै नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिन्छ।

यो अफरमार्फत् सबै रिचार्जमा २०० प्रतिशत बोनस पाइने होइन। रिचार्जको रकम बढ्दै जाँदा यो २०० प्रतिशतसम्म पुग्ने हो।

२० र ५० रुपैयाँको रिचार्जमा बोनस पाइँदैन। तर १०० रुपैयाँदेखि १००० रुपैयाँसम्मको रिचार्जमा बोनसको प्रतिशत १५० देखि २०० सम्म पुग्छ।

१०० सय रुपैयाँको रिचार्जमा १५० प्रतिशत अर्थात् १५० रुपैयाँ नै बोनस पाइन्छ भने यसलाई प्रयोग गर्न ७ दिनको म्याद उपलब्ध हुन्छ।

२०० सय रुपैयाँको रिचार्जमा १५० प्रतिशत अर्थात् ३०० रुपैयाँ नै बोनस पाइन्छ भने यसलाई प्रयोग गर्न १५ दिनको म्याद उपलब्ध हुन्छ।

५०० सय रुपैयाँको रिचार्जमा १६० प्रतिशत अर्थात् ८०० रुपैयाँ नै बोनस पाइन्छ भने यसको म्याद ३० दिनको हुन्छ।

१००० सय रुपैयाँको रिचार्जमा भने २०० प्रतिशत अर्थात् २००० रुपैयाँ नै बोनस पाइन्छ भने यसलाई प्रयोग गर्न ३० दिनको नै म्याद उपलब्ध हुन्छ।

यो रिचार्ज बोनस अन-नेट भ्वाइस कल, अन नेट एसएमएस तथा डाटा (पे एज यू गो) मा खर्च गर्न सकिन्छ।

TK Viber

प्रकाशित: १४ बैशाख २०७८, मंगलवार

Loading...