वर्ल्डलिंक कम्युनिकेशन्स खुकुरी नेपाल सुपर लिग २०२१ को प्रत्यक्ष प्रसारणमा जोडियो

Technology Khabar १३ बैशाख २०७८, सोमबार

वर्ल्डलिंक कम्युनिकेशन्स खुकुरी नेपाल सुपर लिग २०२१ को प्रत्यक्ष प्रसारणमा जोडियो

काठमाडौं ।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड “खुकुरी नेपाल सुपर लिग २०२१” को प्रत्यक्ष प्रसारणमा जोडिएको छ ।

नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीद्धारा संचालित सुपर लिग एपीवान टीभी च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेकोछ । एपीवानले खुकुरी नेपाल सुपर लिगका म्याचहरू २१ दिनसम्म प्रत्यक्ष प्रसारण गर्नेछ । लिगमा ७ वटा प्रदेशका ७ वटै टिमहरुबीच २५ वटा म्याचहरु खेलिनेछन्।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका निर्देशक मनोज अग्रवालले भने, “फुटबल नेपालको एउटा लोकप्रिय खेल हो र एपीवान टेलिभिजन मार्फत प्रसारण हुने यो उत्साहजनक फुटबल लिगमा जोडिन पाउँदा हामी निकै खुशी भएका छौं । यो टुर्नामेन्टले नेपालका उदायीमान युवा फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिनेछ, जसलाई लाखौं दर्शकहरूले हेर्नेछन । वर्ल्डलिंक सधैं आफ्ना प्रिय ग्राहक महानुभावहरूको जीवनलाई उल्लासमय बनाउने मौकाको खोजीमा हुन्छ।”

खुकुरी नेपाल सुपर लिग २०२१ नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग हो । टुर्नामेन्ट दशरथ रंगशालामा आयोजित हुने भए पनि दर्शकहरू चाहिं त्यहाँ हुनेछैनन् । कोरोना महामारीको यो वेला एपीवान टेलिभिजनले दर्शकहरूका लागि फुटबल खेलको मनोरन्जन घरघरमै पुर्याइरहेको जनाएको छ।

Global Bank
easy care

प्रकाशित: १३ बैशाख २०७८, सोमबार