अनर प्ले २० स्मार्टफोन सार्वजनिक

Technology Khabar १३ बैशाख २०७८, सोमबार

अनर प्ले २० स्मार्टफोन सार्वजनिक
Classic Tech

ह्वावेबाट स्वतन्त्र भएको चिनियाँ कम्पनी अनरले हालै प्ले २० स्मार्टफोन सार्वजनिक गरेको छ।

यसमा रहेका स्पेसिफिकेशन र यसको मूल्यलाई हेर्दा यो ठूलो क्षमताको ब्याट्री र पछाडि २ ओटा क्यामरासहितको सस्तो स्मार्टफोन हुने आकलन गरिएको छ।

यसमा यूनिसोक टी६१० चिपसेट प्रयोग गरिएको छ। यो चिपसेट टीएसएमसीले १२ एनएम प्रोसेसबाट उत्पादन गरेको हो। यसमा अक्टाकोर सीपीयू रहेको छ।

अनरको यो स्मार्टफोन स्टोरेजका हिसाबले ४, ६ वा ८ जीबी र्यामसँग १२८ जीबी आन्तरिक स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ। यसमा माइक्रो एसडी कार्डका माध्यमबाट ५१२ जीबीसम्म स्टोरेज बढाउन सकिन्छ।

यसमा फिंगरप्रिन्ट स्क्यानर उपलब्ध छैन भने यूएसबी-सी पोर्टको मद्दतमा १० वाट चार्जिङ सपोर्ट गर्ने ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ।

एन्ड्रोइड १० अपरेटिङ सिस्टम रहेको यो स्मार्टफोन चीनमा भने बिक्रीका लागि उपलब्ध गराइसकिएको छ। यो कालो, सेतो, नीलो र सिल्भर-पिंक गरी चार रंगमा उपलब्ध हुनेछ।

यसको शुरुवाती मूल्य १३८ डलरदेखि शुरु भएर स्टोरेजका आधारमा २१५ डलरसम्म रहेको छ।

TK Viber

प्रकाशित: १३ बैशाख २०७८, सोमबार

Loading...