ग्रामीण ब्रोडब्याण्ड परियोजनाको काम ८१ प्रतिशत सम्पन्न

Technology Khabar १३ बैशाख २०७८, सोमबार

ग्रामीण ब्रोडब्याण्ड परियोजनाको काम ८१ प्रतिशत सम्पन्न

काठमाडौं ।

नेपाल सरकारको ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप विकास ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत २०७७ चैत्र मसान्तसम्म लगभग ८१ प्रतिशत काम सम्पन्न भएको छ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ‌ओटा प्याकेजमध्ये १४ ओटा प्याकेजहरु मार्फत् ५५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सािएको छ। यस्तै २ ओटा प्याकेज मार्फत् १० जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा ५० प्रतिशतभन्दा बढी काम सकिएर सेवा सञ्चालनमा आएको छ।

साथै २ ओटा प्याकेजहरु मार्फत् ९ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा नेटवर्क तथा कनेक्टिभिटी जडानको लागि सेवा प्रदायकहरु छनोट भइ निर्माण कार्य भइरहेको छ। हालसम्म जडान कार्य सम्पन्न भइ सञ्चालनमा रहेका साइटहरुको विवरण यस प्राधिकरणको वेबसाइटमा रहेको लिंकमा हेर्न सकिन्छ।

सम्पन्न भएका परियोजनाहरु मध्ये हालसम्म ५ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ। त्यस्तै २ ओटा परियोजनाहरुको प्राधिकरणबाट नियुक्त परामर्शदाताहरुबाट पहिलो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको छ।

४ ओटा परियोजनाहरुको दोस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको एउटा परियोजनाको पर्फर्मेन्स मनिटरिङ को काम भइरहेको छ।

२०७७ चैत्रमसान्तसम्म उपरोक्त उल्लेखित ब्रोडब्याण्ड परियोजनाहरुको संक्षिप्त भोतिक प्रगति विवरण:

विवरण स्थानीय निकायको कार्यालय वडा कार्यालय माध्यमिक विद्यालय स्वास्थ्य संस्थाको संख्या जम्मा
सम्झाैता भएका १८ प्याकेजका साइट संख्या

 

७०२ ५९३३ ५२२५ ४१२२ १५९८२
इन्टरनेट जडान सम्पन्न भएको ६१४ ४८६० ४१७९ ३३७५ १३०२८
जडान गर्न बाँकी संख्या ८८ १०७२ १०४६ ७४७ २९५४
इन्टरनेट जडान सम्पन्न प्रतिशत ८७.४६ ८१.९१ ७९.९८ ८१.८८ ८१.५२

 

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १३ बैशाख २०७८, सोमबार

ताजा समाचार