एनएमबि बैंकको कन्ट्याक्टलेस कार्ड बाटै बस भाडा तिर्न सकिने

Technology Khabar १२ बैशाख २०७८, आईतवार

एनएमबि बैंकको कन्ट्याक्टलेस कार्ड बाटै बस भाडा तिर्न सकिने
Classic Tech

एनएमबि बैंकले बस भाडा तिर्नको लागी कन्ट्याक्टलेस कार्ड जारी गरेको छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस् भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुभारम्भ गरेको हो ।

घरमै बसी ओम्नी च्यानलमार्फत खाता लगायत विविध बैंकिङ्ग सेवाको सफलतापूर्वक सञ्चालन भएसंगै एनएमबि बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक ईन्टरनेशनलसंग सहकार्य गर्ने गरी समझदारी गरेको छ ।

यससँगै उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ।

यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको शहरहरुमा प्रयोग भईरहेको पाइन्छ। हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भईरहेको र अरु विभिन्न बस ब्यवसायीहरुसँग सहकार्य गरी यो सुविधा उपलब्ध गराउने कार्यमा बैंक प्रयासरत रहेको जानकारी दिएको छ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

TK Viber

प्रकाशित: १२ बैशाख २०७८, आईतवार

Loading...