माछापुच्छ्रे बैंकको इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग लगायत सबै सेवा २ दिन बन्द हुने

Technology Khabar १२ बैशाख २०७८, आईतवार

माछापुच्छ्रे बैंकको इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग लगायत सबै सेवा २ दिन बन्द हुने
Classic Tech

माछापुच्छ्रे बैंक लिमिटेडको सम्पूर्ण बैंकिङ सेवाहरु यहि बैशाख १७ गते शुक्रबार र १८ गते शनिबार पूर्णरुपमा बन्द हुने भएको छ।

हाल कायम रहेको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) प्रतिस्थापन गरि नयाँ राख्ने भएपछि सेवा बन्द गरिन लागिएको बैंकले जनाएको छ । बैशाख १६ गते बिहीबार साँझ र १९ गते आइतबार बिहान भने आंशिक रुपमा सेवा प्रभावित बन्नेछ।

बैंकका अनुसार पूरानो सफ्वेयरमा रहेको तथ्याङ्क नयाँ सिस्टममा ट्रान्सफर गर्न (कोर बैंकिङ सिष्टम प्रतिस्थापन) का लागि बैशाख १६ गते बिहीबार बेलुका ६ बजेदेखि बैशाख १९ गते आइतबार बिहान ६ बजेसम्म सम्पूर्ण बैंकिङ्ग सेवा बन्द गरिनेछ ।

त्यस अवधिभर बैंकको इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड (क्रेडिट/प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द रहने उल्लेख गरेको छ ।

सेवा बन्द रहने समयावधिमा आइपर्न सक्ने अत्यावश्यक कारोबारहरुको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

TK Viber

प्रकाशित: १२ बैशाख २०७८, आईतवार

Loading...